असारसम्म केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन, त्यसपछि निर्माण थालिने

May 28, 2026 01:13 PM Merolagani



सरकारले उत्तरी छिमेकी मुलुक चीनदेखि नेपालको राजधानी काठमाडौंसम्म जोड्ने गरी रेलमार्गको सम्भाव्यता अध्ययन कार्य अघि बढाएको छ । 

 २०८३ असारसम्ममा अध्ययन कार्य सम्पन्न गर्ने गरी चिनिँया पक्षले रेलमार्गको अध्ययन कार्य अघि बढाएकाे हाे।

पूर्वाधार विकास मन्त्रालयका अनुसार, अहिले उक्त रेलमार्गको प्रारम्भिक अध्ययनलगायतका कामहरु भइरहेका छन् । सरकारले पनि उत्तरी मुलुकसँगको कनेक्टिभिटी विस्तार गर्ने नीतिअनुसार यो आयोजना अघि बढाउने तयारी गरेको छ ।

असार भित्र अध्ययन कार्य सम्पन्न गर्ने र त्यसपछि निर्माणको चरणमा प्रवेश गर्ने गरी तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।