दर्ता प्रक्रियामा कसेपछि बजेटपूर्व हुने इभी आयातको होडबाजी रोकियो, अटो व्यवसायीलाई बजेटकै आस

May 26, 2026 05:13 AM Merolagani



हरिप्रसाद शर्मा

सरकारले नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया रोक्ने निर्णयसँगै यसपाली इभी आयातमा कमी आउने व्यवसायीले बताएका छन् ।

खासगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलअन्तर्गतको यातायात व्यवस्था विभागले सबै प्रदेश कार्यालय र स्थानीय तहका सरकारलाई समेत पत्राचार गर्दै नयाँ सार्वजनिक सवारी दर्ता प्रक्रिया रोक्का गर्न निर्देशन दिएको हो ।

विभागले खासगरी, ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ उपदफा ३ बमोजिम सवारी चाप, वातावरण प्रदुषण, सडकको स्थिति र सवारीको आवागमनलाई मध्यनजर गर्दै उक्त कदम चालेकाे छ । उक्त निर्देशनसँगै देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया यतिबेला रोकिएको छ । यो व्यवस्था इभी आयातमा पनि लागू हुने हुँदा यसपाली इभी आयातमा कमी आउने देखिएको छ ।

अटो व्यवसायीका अनुसार, विगतका सरकारले बजेट ल्याउनुभन्दा अघि नै व्यापारीले वर्षभरी खरिद गर्ने इभी गाडी एकैचोटी आयात गर्ने होड चल्ने गरेको थियो । तर, यसपाली भने व्यापारीहरुबीच इभी गाडी आयात गर्न भ्याइनभ्याइ र होडबाजी भने चलेन् ।

नयाँ सार्वजनिक सवारी र इभीको दर्तामा कडाइ गरिएपछि त्यसको आयात र व्यापारमा समेत गम्भीर असर पर्ने व्यवसायीको दाबी छ । सरकारले किन र के प्रयोजनका लागि यो निर्णय गर्यो भन्नेमा अटो व्यवसायी आफैंमा अन्योलमा छन् ।

अटोक्षेत्रलाई बजेटकै आस

सरकारले यसअघि ल्याएको मौद्रिक नीतिले नेपालको अटोमोबाइल क्षेत्रलाई त्यति छुन नसकेपछि आगामी बजेटले भने समेट्नेमा व्यवसायी आसावादी छन् । नीति तथा कार्यक्रममा नआएका विषयहरु बजेटमा स्पष्ट रुपमा तोकेर नै आउनेमा उनीहरु विश्वस्त छन् ।

नयाँ सार्वजनिक सवारीको दर्ता प्रक्रिया रोकिँदा व्यापारीमा थप अन्यौलता भने सिर्जना गरेको नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपाल(नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताए ।

उनका अनुसार, दर्ता प्रक्रिया रोक्ने कदम सरकारले कसरी र किन ल्यायो भन्नेबारे अझै स्पष्ट भएको छैन् । ‘नयाँ सवारीको दर्ता रोकिने निर्णयले पनि यसपाली थप गाडी आयात गर्न सकिएन्,’ उनले भने, ‘यी सबै कुरा अब बजेटमा समावेश भएर आउनेमा हामी आशावादी छौं ।’

 




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।