यो मूल्य रोयल इन्फिल्डको ‘क्लासिक ६५०’ को टप-एन्ड क्रोम भेरियन्टभन्दा करिब १४ हजार भारुले कम हो।

यो मोटरसाइकल पहिलो पटक इटालीको मिलानमा देखाइएको थियो। त्यसपछि भारतमा गोवामा सम्पन्न ‘मोटोभर्स २०२५’ फेस्टिभलमा यसको डेब्यु गरिएको थियो। कम्पनीको पोर्टफोलियोमा बुलेट ६५० लाई इन्टरसेप्टर ६५० र क्लासिक ६५० को बीचमा राखिएको छ।
इन्जिन र पावर
बुलेट ६५० मा ६४८ सीसीको एयर–आयल-कुल्ड, प्यारालल–ट्विन इन्जिन प्रयोग गरिएको छ, जुन रोयल इन्फिल्डका अन्य ६५० सीसी मोडलहरूमा पनि पाइन्छ। यस शक्तिशाली इन्जिनले ७,२५० आरपीएममा ४७ बीएचपी पावर र ५,१५० आरपीएममा ५२ एनएम टर्क उत्पादन गर्छ। यसमा ६–स्पीड कन्स्ट्यान्ट मेस गियरबक्स र वेट मल्टी-प्लेट क्लच जडान गरिएको छ।
टायर, ब्रेक र सस्पेन्सन
यस बाइकमा अगाडि १९ इन्च र पछाडि १८ इन्चको स्पोक ह्वीलहरू छन्, जसमा ट्युब टायर प्रयोग गरिएको छ। सुरक्षाका लागि यसमा ३२० एमएमको अगाडि र ३०० एमएमको पछाडिको डिस्क ब्रेकका साथै डुअल-च्यानल एबीएस दिइएको छ। सस्पेन्सनका लागि अगाडि ४३ एमएमको टेलिस्कोपिक फोर्क र पछाडि ट्वीन शक एब्जर्भरहरू रहेका छन्। यसको इन्धन ट्याङ्की क्षमता १४.८ लिटर छ भने बाइकको कुल तौल २४३ केजी रहेको छ।
डिजाइन र रङ
स्टिल ट्युबुलर स्पाइन फ्रेममा आधारित बुलेट ६५० मा क्लासिक रेट्रो लुक दिइएको छ। यसमा ‘टाइगर–आई’ पाइलट ल्याम्पसहितको गोलाकार एलईडी हेडलाइट, टियर–ड्रप आकारको इन्धन ट्याङ्की र हातले कोरिएको पिनस्ट्राइपहरू छन्। बाइकमा क्रोम ह्यान्डलबार, सिंगल-पिस सिट र स्क्वायर-अफ रियर फेन्डर जस्ता विशेषताहरू छन्। यो बाइक ‘ब्याटलशिप ब्लु’ र ‘क्यानन ब्ल्याक’ गरी दुई आकर्षक रङमा उपलब्ध छ।
मुख्य सुविधाहरू
यसमा डिजिटल–एनालग स्पिडोमिटर दिइएको छ, जसले इन्धन स्तर, ट्रिप मिटर, गियर पोजिसन र सर्भिस रिमाइन्डर देखाउँछ। आधुनिक फिचरका रूपमा यसमा टर्न-बाई-टर्न नेभिगेसन, युएसबी टाइप-सी चार्जिङ पोर्ट र एडजस्टेबल ब्रेक तथा क्लच लिभरहरू पनि उपलब्ध छन्।
यो बुलेट सिरिजकै अहिलेसम्मको सबैभन्दा शक्तिशाली मोटरसाइकल हो, जसले बुलेटका प्रेमीहरूलाई नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।