नेप्से बढ्दा वित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण

Jun 02, 2026 03:09 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

मंगलबार नेप्से परिसूचक २२.२१ अंक बढेर २७७७.५८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.७८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंक बढेको छ।

नेप्से बढ्दा यस दिन वित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण दखिएको छ। १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.०३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अन्य उपसमुहको परिसूचक करिब ४ प्रतिशत बढेको छ भने व्यापार र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने यस दिन सामान्य घटेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम घटेको छ। सोमबार ५ अर्ब ६१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४६ स्टकको ६१ हजार ५२७ पटकको कारोबारमा ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कालिन्चोक हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ६४ रुपैयाँ ९० पैसा बढेर ४९८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको शेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य साढे १० प्रतिशत बढेको छ। यस दिन मूल्य घटेर स्टकहरुको गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोड ७६ लाख ५८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको साढे २६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम २६ करोड रुपैयाँ नाघेको छ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।