तर, त्यसको एक हप्तापछि अर्थात जेठ २२ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य १८ हजार ४०० रुपैयाँले वृद्धि भयो ।

बजेट भाषणपछि एकैदिन जेठ १७ गते आईतबार सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेर त्यसदिन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा किनबेच हुन पुग्याे । तर जेठ १८ गते सोमबार प्रतितोला २०० रुपैयाँले सुनको मूल्य घट्न पुग्याे । उक्त दिन सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, जेठ १९ गते मंगलबार ४०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । जेठ २० गते बुधबार भने सुनको मूल्य स्थिर रह्यो । त्यस्तै, जेठ २१ गते बिहीबार भने सुनको मूल्य २०० रुपैयाँले घटेर ३ लाख ११ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । त्यस्तै, जेठ २२ गते शुक्रबार २ हजार १०० रुपैँयाले घटेर उक्त दिन ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस हप्ता बजेट भाषणपछि सुनको मूल्यमा भारी वृद्धि भएको छ । अन्तराष्ट्रिय रुपमा मूल्यवृद्धि, अमेरिका–इजरायल द्वन्द्वलगायतका कारण पनि सुनको मूल्य बढेको व्यवसायीहरु बताउँछन् ।