नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदी प्रतितोला चार हजार ९०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।