खेलको पहिलो हाफको सात मिनेटमा पाराग्वेले आत्मघाती गोल गरेको थियो । अमेरिकाका वेस्टन म्याडनीले दिएको पास पाराग्वेका डिफेन्डर डेनियस बोबाडिलाको खुट्टा ठोक्किएर गोल हुन पुगेको थियो ।
खेलको ३१ मिनेटमा अेमेरिकाका फ्लोरियन बलागुनले गोल गरे । पहिलो हाफमा थपिएको पाँच मिनेटमा बलागुनले दोस्रो गोल गरे । उनी अमेरिकाका लागि विश्वकपमा दुई गोल गर्ने दोस्रो खेलाडी बनेका छन् ।
खेलको ७३ औँ मिनेटमा पाराग्वेका लागि मौरिकोले गोल फर्काएपछि खेल ३-१ को अवस्थामा पुगेको थियो ।