‘पुलब्याक’ को अवस्थामा सिटि होटल, हेरौँ कम्पनी विश्लेषण

Jun 14, 2026 05:55 PM Merolagani



यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक झिनो अंक घटेको छ। गत साता ७७५९.२० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.०८ अंक घटेर ७७५९.१२ विन्दुमा झरेको छ।

सोही उपसमूहमध्येको एक कम्पनी हो, सिटि होटल लिमिटेड (CITY)।

यस साता होटलको शेयरमूल्य २८ रुपैयाँ १० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४०२ रुपैयाँ रहेको यस होटलको अन्तिम मूल्य, यस साता ४३० रुपैयाँ १० पैसा कायम भएको छ।

 

‘पुलब्याक’ को अवस्था

लामो समयदेखि एउटा ठूलो च्यानल भित्र रहेर विस्तारै घट्दो क्रममा रहेको यस होटलको शेयरमूल्य, पछिल्लो समय (मे महिना) पुराना टेवा क्षेत्रहरुलाई तोडेर ३५० को तल्लो विन्दुसम्म झरेको थियो। तर पछिल्ला केही दिनमा होटलको शेयरमूल्यमा तिव्र सुधार भइ ४३० रुपैयाँ १० पैसासम्म आइपुगेको छ। यसलाई प्राविधिक भाषामा ओभरसोल्ड पछिको ‘पुलब्याक’ भनिन्छ।

बलियो प्रतिरोधको चुनौती

शेयरमूल्य बढेर उक्लिने क्रममा अबको ठूलो चुनौती ४५० देखि ४६५ को प्रतिरोध क्षेत्र रहेको छ। उक्त क्षेत्रमा पहिलेको बलियो सपोर्ट लाइन (सेकेण्डरी ट्रेण्ड) र हालको नयाँ प्रतिरोध दुबै एकै ठाउँमा परेका छन्। त्यसैले उक्त क्षेत्रलाई पार गर्न चुनौतीपूर्ण देखिन्छ। साताको अन्तिम कारोबार दिन होटलको शेयरमूल्यले सो क्षेत्र परीक्षण गरी अन्तिम समयमा तल झरेको थियो। आगामी दिनमा होटलको शेयरमूल्य थप ओरालो लागेमा ३९५ देखि ४०५ को क्षेत्रमा टवा पाउने देखिन्छ।

शेयरमूल्य वृद्धिलाई भोल्यूमको साथ

गत साता होटलको शेयरमूल्य वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। गत साता होटलको दैनिक औषतमा ४ लाख ७ हजार ७८१ कित्ता शेयर कारोबार भएको छ। साताको अन्तिम कारोबार दिन होटलको २० दिने औषत भोल्यूम २ लाख २८ हजार ३२१ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ७८.५९ प्रतिशत बढी हो। मूल्य बढ्दा भोल्यूम पनि बढ्नु सकारात्मक संकेत मानिन्छ।

खरिद मोमेन्टम बलियो बन्दै

प्राविधिक विश्लेषणको अर्को उपकरण एमएसिडीमा गत साता होटलको सिग्नल रेखालाई तलबाट काटेर एमएसिडी रेखा तिव्र गतिमा शून्य रेखातर्फ बढिरहेको छ। त्यस्तै, होटलको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढेको छ। यसले होटलको शेयरमा खरिद मोमेन्टम बलियो बन्द गएको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

होटलको स्टकास्टिक आरएसआई गत साता न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा होटलको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ करोड ८७ लाख ४६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले १७ करोड ३८ लाख ३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

सञ्चालन आम्दानीः समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी ३७ करोड ५४ लाख रुपैयाँबाट बढेर ३७ करोड ६० लाख रुपैयाँ पुगेको छ।

वित्तीय खर्चः होटलको वित्तीय खर्च समीक्षा अवधिमा २० करोड ५७ लाख ३४ हजार रुपैयाँबाट घटेर १४ करोड ३० लाख ६८ हजार रुपैयाँमा झरेको छ।

सम्पत्ति तथा ऋणः समीक्षा अवधिमा होटलको कुल सम्पत्तिको आकार ५ अर्ब ५३ करोड ५३ लाख रुपैयाँबाट बढेर ५ अर्ब ६३ करोड ८७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब २५ करोड ५२ लाख रुपैयाँ रहेको होटलको दीर्घकालिन ऋण, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २ अर्ब ४५ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ।

चुक्ता पूँजी तथा अन्य इक्विटीः तेस्रो त्रैमासको अन्त्यसम्ममा होटलको चुक्ता पूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ८ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

प्रमुख वित्तीय सूचक

आधारभूत अवस्था

हाल नेप्सेमा होटलको ३ करोड १ लाख ३२ हजार कित्ता शेयर सूचीकृत छ। गत शुक्रबार होटलको अन्तिम मूल्य प्रतिकित्ता ४३० रुपैयाँ १० पैसा कायम भएको थियो। यस अनुसार होटलको कुल बजार पूँजीकरण १२ अर्ब ९५ करोड ९७ लाख ७३ हजार २०० रुपैयाँ रहेको छ।

होटलको पछिल्लो १८० दिनको औषत मूल्य ४६२ रुपैयाँ ४१ पैसा रहेको छ। त्यस्तै, होटलको ५२ हप्ताको उच्च शेयरमूल्य ९९८ रुपैयाँ ४० पैसा रहेको छ भने न्यून मूल्य ३४९ रुपैयाँ २० पैसा रहेको छ।

५८ नम्बर ब्रोकरबाट सर्वाधिक खरिद

गत साता ब्रोकर नम्बर ५८ ले होटलको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले गत साता होटलको ५ लाख ६३ हजार ४३९ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, गत साता ब्रोकर नम्बर ४२ ले ७० हजार १८२ कित्ता शेयर खरिद गरेको छ। गत साता ब्रोकर नम्बर ४४ ले होटलको सबैभन्दा बढी ७ लाख ६४ हजार ३०८ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर

फियर एण्ड ग्रीड मिटरमा होटल अहिले फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरुमाझ होटलको शेयरमूल्य अझ घट्छ भन्ने डर रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।