Wed, Jun 17, 2026
भारतीय अटोमोबाइल कम्पनी महिन्द्रा एण्ड महिन्द्राले आगामी केही वर्षभित्र बजारमा आफ्ना धेरै नयाँ उत्पादनहरू ल्याउने तयारी गरिरहेको छ ।
यसअन्तर्गत कम्पनीले ‘इन्टरनल कम्बस्चन इन्जिन (आईसीई)’ र विद्युतीय दुवै प्रकारका एसयूभी सार्वजनिक गर्ने योजना बनाएको छ ।
विशेषगरी, महिन्द्राले सन् २०२६ भित्र दुईवटा एसयूभी भारतीय बजारमा सार्वजनिक गर्ने जनाएको छ । सार्वजनिक हुने मोडलहरूमा नयाँ २०२६ महिन्द्रा स्कर्पियो एन फेसलिफ्ट र महिन्द्रा भिजन एस रहेका छन् । यी दुवै गाडी लामो समयदेखि परीक्षणको क्रममा रहेका छन् ।
महिन्द्राको चर्चित एसयूभी स्कर्पियो एनको फेसलिफ्ट संस्करण सन् २०२६ को मध्यतिर सार्वजनिक हुने अपेक्षा गरिएको छ । सार्वजनिक भएका तस्बिरहरूअनुसार यसको डिजाइनमा केही महत्वपूर्ण तथा सूक्ष्म परिवर्तन गरिएको छ ।
नयाँ स्कर्पियो एनमा पुनःडिजाइन गरिएको ग्रिल, नयाँ बम्पर र तेर्सो स्ल्याट्ससहितको एयर ड्याम रहनेछ । गाडीमा ५-स्पोक डिजाइनका नयाँ एलोय ह्वील तथा टेल ल्याम्पमा नयाँ सिग्नेचर एलईडी प्रयोग गरिनेछ । यद्यपि, यसको हेडल्याम्प र फग ल्याम्प एसेम्बली भने हालको मोडलसरह रहने देखिएको छ ।
गाडीको भित्री भागमा १०.२५ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहनेछ, जुन थार रक्सबाट लिइएको हो । साथै, नयाँ सेन्टर कन्सोल र पुनःव्यवस्थित एसी भेन्ट्सले यसलाई अझ प्रिमियम बनाउनेछन् ।
नयाँ स्कर्पियो एनमा हालकै २०२ बीएचपी क्षमताको २.० लिटर टर्बो पेट्रोल र २.२ लिटर डिजेल इन्जिनलाई निरन्तरता दिइनेछ । सवारीलाई अझ आरामदायी बनाउन यसमा XUV 7XO मा प्रयोग गरिएको ‘डाभिन्ची’ ड्याम्पर्स जडान गरिने सम्भावना छ ।
महिन्द्राले ‘सब–४ मिटर’ (४ मिटरभन्दा छोटो) खण्डमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउन ‘भिजन एस’ एसयूभी ल्याउने तयारी गरिरहेको छ । यो एसयूभी सन् २०२६ को अन्त्यतिर सार्वजनिक हुने र २०२७ मा बिक्रीका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ । ४ मिटरभन्दा कम लम्बाइ र २,६६५ मिमी ह्वीलबेस भएको यो गाडी आकर्षक तथा मजबुत डिजाइनमा आउने अनुमान गरिएको छ ।
विभिन्न इन्जिन विकल्पलाई समर्थन गर्ने भएकाले भिजन एस पेट्रोल, डिजेल, हाइब्रिड र इलेक्ट्रिक गरी चारवटै विकल्पमा उपलब्ध हुन सक्नेछ । यद्यपि, हाइब्रिड र इलेक्ट्रिक संस्करण भने केही समयपछि मात्र बजारमा आउने अपेक्षा गरिएको छ । बजारमा आएपछि महिन्द्रा भिजन एसले टाटा नेक्सन, किया सोनेट, हुण्डाई भेन्यु, मारुति ब्रेजा र स्कोडा काइल्याकजस्ता गाडीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ । महिन्द्राको यो नयाँ आक्रामक योजनाले एसयूभी बजारमा कम्पनीको पकड अझ बलियो बनाउने अटो व्यवसायीहरूको विश्लेषण छ ।
बजारमा आएपछि महिन्द्रा भिजन एसले टाटा नेक्सन, किया सोनेट, हुण्डाई भेन्यु, मारुति ब्रेजा र स्कोडा काइल्याकजस्ता गाडीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ । महिन्द्राको यो नयाँ आक्रामक योजनाले एसयूभी बजारमा कम्पनीको पकड अझ बलियो बनाउने अटो व्यवसायीहरूको विश्लेषण छ ।
डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।