बुधबार दिउँसो रास्वपा निर्वाचन आयोगले उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।
आयोगका अनुसार, बेलुका ५ बजेसम्म उमेदवारविरुद्ध दाबीविरोध गर्न सकिनेछ । बेलुका ६ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।
७ः३० मा मतदान सुरु हुने प्रवक्ता मनिष झाले बताए । चार घण्टामा मतदान सकिने आकलन गरिएको छ । बिहीबार बिहान ९ बजे पदाधिकारीको मतदान गर्ने तयारी गरिएको छ ।