ब्राजिल समूह विजेता बन्दै नकआउटमा, मोरक्कोद्वारा हाइटी पराजित

Jun 25, 2026 06:30 AM Merolagani



फिफा विश्वकप २०२६ अन्तर्गत समूह सी को अन्तिम तथा निर्णायक खेलहरूमा आज पाँच पटकको विश्व विजेता ब्राजिलले स्कटल्याण्डमाथि ३–० को सहज जित निकाल्दै समूह विजेताको रूपमा नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको छ।

त्यस्तै, अर्कोतर्फ एटलस लायन्स नामले चिनिने मोरक्कोले ६ गोलको थ्रिलर खेलमा हाइटीलाई ४–२ ले पराजित गर्दै समूहको उपविजेता बन्दै अर्को चरणको यात्रा तय गरेको छ।

अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा स्टार विङ्गर भिनिसियस जुनियर चम्किएपछि ब्राजिलले स्कटल्याण्डलाई कुनै अवसर दिएन। पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेको ब्राजिलले त्यसपछिका खेलमा उत्कृष्ट कमब्याक गरेको हो। खेलको ७औँ मिनेटमै १९ वर्षीय युवा फरवार्ड रायनको पासमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा ब्रुनो गुइमारेसको पासमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

 

६०औँ मिनेटमा गुइमारेसकै उत्कृष्ट क्रसमा माथिउस कुन्हाले प्रहार गर्दै ब्राजिललाई ३–० को आरामदायी जित दिलाए। यो पराजयपछि ३ अंक जोडेको स्कटल्याण्ड समूहको तेस्रो स्थानमा खुम्चिएको छ।

अमेरिकाकै अटलान्टा स्टेडियममा भएको अर्को खेल निकै नाटकीय र उतारचढावले भरिएको थियो। हाइटीले खेलको सुरुवातमै मोरक्कोलाई दबाबमा राखे पनि अफ्रिकी च्याम्पियनले उत्कृष्ट पुनरागमन गर्‍यो। खेलको १०औँ मिनेटमा मोरक्कोका गोलकिपर यासिन बोनोको आत्मघाती गोलबाट हाइटीले अचम्मको अग्रता लियो। ३९औँ मिनेटमा मोरक्कोका स्टार डिफेन्डर अचराफ हाकिमीले बराबरी गोल फर्काए। तर, ४३औँ मिनेटमा हाइटीका विल्सन इसिडोरले गोल गर्दै पुनः हाइटीलाई २–१ को स्थितिमा पुऱ्याए। पहिलो हाफ सकिनु ठिक अघि मोरक्कोका इस्माइल साइबारीले गोल गरेपछि पहिलो हाफ २–२ को रोमान्चक बराबरीमा सकियो।

दोस्रो हाफमा मोरक्कोका प्रशिक्षकको सब्सटिच्युसन रणनीति सफल भयो। ७८औँ मिनेटमा मैदान प्रवेश गरेका सुफियाने राहिमीले गोल गर्दै मोरक्कोलाई पहिलो पटक खेलमा ३–२ को अग्रता दिलाए। खेलको अन्त्यतिर ८९औँ मिनेटमा युवा खेलाडी गेसिम यासिनले गोल गर्दै मोरक्कोको ४–२ को सानदार जित पक्का गरे।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।