रास्वपा महामन्त्रीमा विपीन आचार्य र मनीष झाबीच कडा टक्कर

Jun 26, 2026 01:26 PM Merolagani



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ।रास्वपा महामन्त्रीमा विपीन आचार्य र मनीष झाबीच कडा टक्कर हुने देखिएकाे छ ।

सुरुमा एक जना निर्वाचित हुने यो पदका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका थिए। तर, उम्मेदवारी फिर्ता लिने क्रमसँगै अब चुनावी मैदानमा ४ जना मात्र बाँकी रहेका छन्। महामन्त्रीमा विपीन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल मैदानमा छन् । रञ्जु दर्शनाले केही बेर अघि मात्र विपीन आचार्यलाई समर्थन गरेकी छिन् ।

निर्वाचन आयोगले ८ जनाको सूची सार्वजनिक गरेपछि अन्तिम समयमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे र गणेश पराजुलीले नाम फिर्ता लिएका हुन्। उनीहरूले विपीन आचार्यलाई समर्थन गर्दै फिर्ता लिएका हुन् । त्यसअघि नै जगदीश खरेल र कविन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी आचार्यलाई समर्थन गर्दै फिर्ता लिइसकेका थिए।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।