रास्वपा उपसभापतिमा सोविता, महामन्त्रीमा विपिन, सहमहामन्त्री ढकाल, डाँगी र शाह विजयी

Jun 26, 2026 06:56 PM Mero lagani



रास्वपा उपसभापतिमा सोविता गौतम विजयी भएकी छन् ।

पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै उनी विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।
यस्तै महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । उनी यसअघि रास्वपाको सहमहामन्त्री थिए ।

यस्तै सहमहामन्त्री पदमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । 

 




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।