सवारी साधनको कालो सिसा हटाउनेबारे नाडा र ट्राफिक प्रहरीबीच छलफल

Jun 29, 2026 04:27 PM Merolagani



नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सवारी साधनमा प्रयोग भइरहेको कालो सिसा हटाउने सम्बन्धमा विस्तृत छलफल भएको छ ।

आइतबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटगरी यस विषयमा छलफल गरेको हो ।

छलफलका क्रममा ट्राफिक प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासमा नभएका र विभिन्न आपराधिक क्रियाकलापमा कालो सिसा भएका सवारी साधनको प्रयोग बढेको देखिएकाले सवारी व्यवस्थापन ऐन २०४९ अनुसार यसलाई कडाइका साथ हटाउन लागिएको जानकारी दिए। उनले सवारी साधनको अगाडिको सिसामा कुनै पनि प्रकारको स्टिकर वा कालो रङको फिल्म टाँस्न नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै यसबारे खरिदकर्तालाई जानकारी दिन आयातकर्ताहरूलाई आग्रह गरे।

‘कालो सिसा प्रयोग गर्न चाहनेले सरकारको अनिवार्य अनुमति लिनुपर्छ,’ प्रमुख काफ्लेले भने, ‘सवारी साधन पैठारीकर्ताहरूले पनि आफ्ना म्यानुफ्याक्चरिङ कम्पनीबाटै कालो सिसा भएका सवारी साधन आयात नगर्नु नै उपयुक्त हुन्छ ।’

छलफलमा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सवारी साधनमा थप गरिएको कालो स्टिकर (फिल्म) हटाउन प्राविधिक रूपमा कुनै समस्या नरहेकाले सर्वप्रथम त्यस्ता स्टिकर हटाउने प्रक्रिया सुरु गर्नु व्यावहारिक हुने सुझाव दिए। यसैगरी, नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले कम्पनीबाटै (फ्याक्ट्री फिटेड) कालो सिसा जडान भएर आएका सवारी साधनहरूको संख्या न्यून रहेको बताउँदै त्यस्ता सवारीको यकिन विवरण निकालेर व्यवस्थापन गर्न सकिने धारणा राखे। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस विषयमा थप छलफलका लागि नाडालाई लिखित अनुरोध समेत गरेको थियो ।

उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योति लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।