हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एक्स्पो अवधिभर हुन्डाईका गाडी बुकिङ गर्ने ग्राहकहरूलाई लक्षित गरी कम्पनीले विशेष सहुलियत योजना ल्याएको हो ।
कम्पनीका अनुसार यो स्कीम अन्तर्गत उपभोक्ताले विभिन्न मोडलमा कुल ६ लाख रुपैयाँसम्मको भारी छुट प्राप्त गर्न सक्नेछन् । जसमा मोडल अनुसार अधिकतम ४ लाख ५० हजार रुपैयाँसम्म ‘एक्सक्लुसिभ डिस्काउन्ट’ र ‘नाइमा स्पेशल बेनिफिट’ बापत थप १ लाख ५० हजार रुपैयाँसम्मको छुट समावेश गरिएको छ ।

नगद छुटका अतिरिक्त हुन्डाईका गाडी खरिद गर्ने ग्राहकले थप आर्थिक भारबाट मुक्ति पाउनेछन् । कम्पनीले हरेक गाडीको खरिदमा एक वर्षको वार्षिक सवारी कर र एक वर्षको पूर्ण बीमा शुल्क निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले यसै एक्स्पोको अवसर पारेर नेपाली बजारमा आफ्ना नयाँ मोडलहरू समेत सार्वजनिक गरेको छ । कम्पनीले ईभी क्षेत्रमा बहुप्रतिक्षित आयोनीक ९, नयाँ जेनेरेशनको ‘हुन्डाई भेन्यूु’, भेन्यू एन लाइन र चर्चित एसयूभी ‘क्रेटा ईभी’ को नयाँ भेरियन्ट लन्च गरेको हो ।
यो स्कीम हुन्डाईका सबै उपलब्ध मोडलहरूमा लागु हुने कम्पनीले जनाएको छ । हाल नेपाली बजारमा हुन्डाईका ग्राण्ड आइ १० नियोस, एक्सटर, क्रेटा, टुसान, सान्ता फे, प्यालिसेड, कोना र आयोनीक जस्ता मोडलहरू लोकप्रिय रहेका छन् ।
बजारमा बढ्दो प्रतिस्पर्धा र चाडपर्वपछिको सुस्ततालाई चिर्न कम्पनीले ल्याएको यो आकर्षक स्कीमले गाडी खरिदकर्ताहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।