२ मेगावाटको अरुण खोला-२ मा प्राइम बैंकको लगानी, १५ महिनाभित्रै निर्माण सक्ने लक्ष्य

Jun 30, 2026 04:39 PM Merolagani



प्राइम कमर्सियल बैंक लिमिटेडले २ मेगावाट क्षमताको अरुण खोला–२ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ।

हिमालयन इञ्जिनियरिङ एण्ड इनर्जीद्वारा प्रवर्द्धन गरिएको यस आयोजनाका लागि बैंक र कम्पनीबीच ऋण लगानी सम्झौता सम्पन्न भएको हो।

सोमबार आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट नायव महाप्रबन्धक (डिपुटी जनरल मेनेजर) नारायण प्रसाद श्रेष्ठ र प्रवर्द्धक कम्पनीका तर्फबाट सञ्चालक अध्यक्ष ओमप्रसाद भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

लगानीको संरचना र लागत

कुल ४८ करोड ६४ लाख रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनामा बैंक र प्रवद्र्धकबीच ६१.६६ः ३८.३४ प्रतिशतको अनुपातमा लगानी हुनेछ। सम्झौता अनुसार प्राइम बैंकले ३० करोड रुपैयाँ ऋण प्रवाह गर्नेछ भने बाँकी १८ करोड ६४ लाख रुपैयाँ प्रवर्द्धक कम्पनी र लगानीकर्ताहरूबाट स्वपुँजी (इक्विट) का रूपमा जुटाइनेछ।

उत्पादन  र लक्ष्य

आयोजना निर्माण सुरु भएको १५ महिनाभित्रै सम्पन्न गरी व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। यस आयोजनाबाट वार्षिक कुल १३.१८ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ। जसमा क्खायाममा ४.८६४ गिगावाट घण्टा र वर्षायाममा ८.३१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ।

निजी क्षेत्रका साना जलविद्युत् आयोजनामा बैंकहरूको बढ्दो आकर्षण र ऊर्जा आत्मनिर्भरताको दिशामा यो सम्झौतालाई महत्त्वपूर्ण मानिएको छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।