१० खेलाडीमा समेटिएको अमेरिकाको सानदार जित

Jul 02, 2026 08:01 AM Merolagani



फिफा विश्वकप २०२६ को आयोजक राष्ट्र संयुक्त राज्य अमेरिका प्रतियोगिताको अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गरेको छ। आज क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न रोमाञ्चक र तनावपूर्ण खेलमा बोस्निया एन्ड हेर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिकाले अघिल्लो चरणको यात्रा तय गरेको हो।

दोस्रो हाफको महत्वपूर्ण समयमा स्टार स्ट्राइकर फोलाारिन बालोगुनले रातो कार्ड पाएर मैदान छाडेपछि अमेरिका १० खेलाडीमा समेटिए पनि उत्कृष्ट डिफेन्स र काउन्टर अट्याकको मद्दतले जित निकाल्न सफल भयो।

खेलको ३२औँ मिनेटमा उनको एउटा गोल अफसाइड घोषित भएको थियो। तर पहिलो हाफको अन्तिम मिनेटमा डिबक्स भित्र बाेस्निया डिफेन्सको गल्तीको फाइदा उठाउँदै फोलारिन बालोगुनले उत्कृष्ट गोल गरी अमेरिकालाई सुरुवाती अग्रता दिलाए।

खेलको ६४औँ मिनेटमा गोलकर्ता बालोगुन एक फाउलका कारण भीएआरको रिभ्युपछि सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। यसपछि घरेलु टोली दबाबमा आएको थियो।

बोस्नियाले एक खेलाडी बढी भएको फाइदा उठाउँदै बराबरीका लागि निरन्तर आक्रमण गरिरहेको समयमा अमेरिकाले ८२औँ मिनेटमा काउन्टर प्रहार गर्‍यो। मिडफिल्डर मलिक तिलम्यानले सानदार गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

राउन्ड अफ १६ मा प्रवेश गरेको अमेरिकाले अब क्वाटरफाइनल प्रवेशका लागि आगामी खेलमा बलियो टोली बेल्जियमको सामना गर्नेछ। बेल्जियमले यसअघि नै सेनेगललाई अतिरिक्त समयमा ३–२ ले हराएर अन्तिम १६ मा स्थान पक्का गरिसकेको छ।

 



के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।