सुनचाँदीको मूल्य बढ्यो

Jul 02, 2026 10:55 AM Merolagani



असार १८ गते, बिहीबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ६ हजार २०० रुपैयाँ र चाँदी प्रतीतोला १८० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० सय रुपैयाँमा कारोबार भएको छ। बुधबार सुन तोलामा दुई लाख ७७ हजार ३०० सय रुपैयाँ किनबेच भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी तोलाको चार हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी तोलामा चार हजार २७० रुपैयाँमा कारोबार भएको थियो।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।