करोडौं कित्ता शेयर बजारमा आउदै

Jul 03, 2026 10:54 AM Merolagani



पछिल्लो समय नेपाली शेयर बजारमा मागभन्दा आपूर्तिको चाप बढी हुँदा नेप्से सूचक निरन्तर ओरालो लागिरहेको छ। बजार दीगो विकास र स्थिरता ल्याउनका लागि बजारमा सप्लाई पक्ष भन्दा माग बढाउनु पर्ने लगानीकर्ताहरुको बुझाईछ ।

बजारमा एकातिर आईपीओ, हकप्रद र बोनस शेयरको बाढी आइरहेको छ भने अर्कोतिर ठूला कम्पनीहरूको लकइन अवधि सकिएर थपिने करोडौँ कित्ता शेयरले बजारलाई थप दवावमा पारेको लगानीकर्ताहरुको बुझाईछ ।

बजारमा पर्याप्त माग सिर्जना हुन नसकेको वर्तमान अवस्थामा आपूर्ति मात्र थपिँदै जाँदा शेयरले मूल्य पाएको छैन । जसले समग्र बजारलाई नै थप कमजोर बनाउँदै लगेको लगानीकर्ताहरु बताउछन् ।

यसैबीच, आगामी १० दिन भित्रमा नै लकइन अवधि समाप्त भएका कम्पनीका करोडौ कित्ता शेयर कारोबारमा आउदैछन । जसले बजारमा शेयर सप्लाईको भार बढाउने छ । असार मसान्तभित्र मात्रै विभिन्न चारवटा कम्पनीका ७ करोड ४६ लाख ८२ हजार कित्ताभन्दा बढी शेयरको लकइन अवधि समाप्त भएर बजारमा आउने तयारीमा छन। यस महिनामा थ्रीस्टार हाइड्रोपावर, अप्पर स्याङ्गे हाइड्रोपावर, आइएमई लाइफ इन्स्योरेन्स र घोराही सिमेन्टको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीतर्फको ठूलो परिमाणको शेयर कारोबार आउने भएका हुन् ।

थ्रीस्टारको ४२ लाख एक हजार कित्ता र अप्पर स्याङ्गेको १५ लाख ६३ हजार कित्ता शेयरको लकइन खुल्दैछ। त्यस्तै, आइएमई लाइफको दुई करोड ८६ लाख कित्ता र घोराही सिमेन्टको सबैभन्दा ठूलो हिस्सा अर्थात् चार करोड तीन लाख १८ हजार भन्दा बढी कित्ता शेयर बजारमा बिक्रीका लागि खुल्ला हुने भएको हो । यति छोटो अवधिमा यति ठूलो परिमाणमा शेयरको आपूर्ति थपिँदा बजारमा बिक्री चाप अत्यधिक बढ्ने र मूल्यमा ठूलो गिरावट आउने अनुमान लगानीकर्ताहरुले गरेका छन् ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।