नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

Aug 21, 2026 02:25 PM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तत्काल नोटबन्दी गर्ने विषयमा कुनै सोच नबनाएको स्पष्ट पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजित नागरिक, नीति र नेतृत्व विषयक संवाद कार्यक्रममा बोल्दै अर्थमन्त्रीले यस्तो बताएका हुन्।

छलफलका क्रममा सहभागी नागरिकहरूले मुलुकको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै नोटबन्दी किन नगर्ने?',भनी प्रश्न राखेका थिए। सोही प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले नोटबन्दी अहिलेको आवश्यकता र प्राथमिकतामा नरहेको स्पष्ट पारे।

"नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिलेको अवस्थामा हामीलाई यो कदम उपयुक्त हुन्छ जस्तो लाग्दैन। सरकारले नोटबन्दीबारे अहिलेसम्म केही सोचेको छैन," मन्त्री वाग्लेले भने।

नोटबन्दीको अन्तर्राष्ट्रिय अभ्यास र प्रभावबारे चर्चा गर्दै उनले थपे, "यो अभ्यास गरेका विश्वका अन्य मुलुकहरूमा पनि नोटबन्दीको सफलता खासै राम्रो देखिएको छैन। त्यसैले हतारमा यस्तो निर्णय गर्नु बुद्धिमानी हुँदैन।"

कार्यक्रममा उनले नागरिकका जिज्ञासा सम्बोधन गर्दै सरकार आगामी नीति र नेतृत्वका विषयमा गम्भीर रहेको समेत जानकारी दिए।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।