पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने सिन्धुली घर भएका ३६ वर्षीय कुनसाङ लामा, काठमाडौं तारकेश्वर नगरपालिका-८ बस्ने बर्दिया घर भएका ४२ वर्षीय धन बहादुर शाही, काठमाडौं टोखा नगरपालिका-५ बस्ने ताप्लेजुङ घर भएका ४८ वर्षीय उमेश लिम्बु, काठमाडौं महानगरपालिका-३ बस्ने तनहुँ घर भएकी २१ वर्षीया सचिता परियार र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने खोटाङ घर भएका ४१ वर्षीय निरोज राई रहेका छन् ।
पक्राउ मध्ये कुनसाङले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ७ हजार रूपैयाँ, धन बहादुरले जर्जिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९५ हजार रूपैयाँ, उमेशले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, सचिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र निरोजले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कुनसाङलाई बुढानिलकण्ठ नगरपालिका-२ बाट र धन बहादुरलाई तारकेश्वर नगरपालिका-८ बाट बिहीबार तथा उमेशलाई टोखा नगरपालिका-५ बाट, सचितालाई काठमाडौं महानगरपालिका-३ बाट र निरोजलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।