सर्भरमा समस्या आएपछि एकान्तकुना यातायात कार्यालयका अधिकांश सेवाहरू बन्द, आज र भोलिका लिखित र प्रयोगात्मक परीक्षा भने नरोकिने

Jul 13, 2026 02:52 PM Merolagani



यातायात व्यवस्था विभागको सर्भरमा प्राविधिक समस्या देखिएपछि ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) का अधिकांश सेवाहरू प्रभावित भएका छन्।

विभागको EDLVRS प्रणालीमा आएको अवरोधका कारण कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि केही सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरू स्थगित गरेको हो।

कार्यालयले आज एक सूचना जारी गर्दै प्राविधिक कारणले सेवा प्रवाहमा समस्या आएको जानकारी दिएको छ। यद्यपि, केही महत्वपूर्ण सेवाहरू भने यथावत सञ्चालन हुने कार्यालयले जनाएको छ। कार्यालयका अनुसार, लाइसेन्स वितरण, दुई पाङ्ग्रे सवारी साधनको ब्लुबुक नवीकर, असार २९ गतेका लागि तय गरिएको लिखित परीक्षा र प्रयोगात्मक (ट्रायल) परीक्षा भने रोकिने छैन् ।

यीबाहेकका अन्य सबै सेवाहरू (जस्तैः नयाँ आवेदन, वर्ग थप, लाइसेन्स नवीकरण आदि) अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। सर्भरमा देखिएको समस्याका कारण सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति कार्यालयले क्षमा याचना गरेको छ।

प्रणालीमा सुधार आउनासाथ सेवाहरू पुनः सुचारु गरिने र सोको जानकारी सार्वजनिक गरिने कार्यालयले जनाएको छ। थप जानकारीका लागि सेवाग्राहीले कार्यालयको आधिकारिक वेबसाइट वा टेलिफोन नम्बरमा सम्पर्क गर्न सक्नेछन्।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।