एक वर्षमा थपिए १ खर्ब ४७ अर्ब मूल्यका २ अर्ब १६ कराेड कित्ता शेयर

Jul 17, 2026 11:06 AM Merolagani



आर्थिक वर्ष २०८२/८३ मा नेपाली पूँजी बजारमा उल्लेख्य मात्रामा नयाँ धितोपत्र थपिएका छन्। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कुल २ अर्ब १६ करोड ६१ लाख ८३ हजार ५ सय सत्र कित्ता थप धितोपत्र सूचीकृत भएका छन्

यस अवधिमा सूचीकृत भएका नयाँ धितोपत्रहरूको कुल चुक्ता मूल्य १ खर्ब ४७ अर्ब १४ करोड ८४ लाख ६७ हजार ७ सय ९४ रुपैयाँ बराबर रहेको छ। थपिएका धितोपत्रहरूमध्ये सबैभन्दा ठूलो हिस्सा साधारण शेयर र बोनस शेयरले ओगटेका छन्। यस अवधिमा ४८ अर्ब २७ करोड ४८ लाख १४ हजार ८ सय रुपैयाँ बराबरका ५२ करोड ७७ लाख ४८ हजार १ सय ४८ कित्ता साधारण शेयर सूचीकृत भएका छन्

यसैगरी, बोनस शेयरतर्फ ४० अर्ब ४४ करोड २१ लाख २ हजार ४ सय ७० रुपैयाँ बराबरका ४० करोड ६१ लाख १९ हजार ८ सय ६५ कित्ता शेयर थपिएका छन्। हकप्रद शेयरतर्फ ९ अर्ब ६३ करोड ६९ लाख ७१ हजार ९ सय २४ रुपैयाँ बराबरका ९ करोड ६३ लाख ६९ हजार ७ सय १९ कित्ता शेयर सूचीकृत भएका छन्। थप धितोपत्रमा सामूहिक लगानी कोषको हिस्सा पनि निकै ठूलो रहेको छ, जसमा २७ अर्ब ५० करोड रुपैयाँ बराबरका ९५ करोड इकाईहरू थपिएका छन्। ऋणपत्रतर्फ ३ अर्ब ४५ करोड रुपैयाँ बराबरका ७५ लाख कित्ता ऋणपत्र तथा थप सार्वजनिक निष्काशनतर्फ ९७ करोड सत्र लाख २८ हजार छ सय रुपैयाँ बराबरका ९७ लाख १७ हजार २ सय छ्यासी कित्ता थपिएका छन्। परिवर्तनशील अग्राधिकार शेयरतर्फ भने १६ अर्ब ८५ करोड रुपैयाँ बराबरका १६ करोड ८५ लाख कित्ता शेयर सूचीकृत भएका छन्

पूँजी बजारमा निष्काशन अनुमति पाएका नयाँ कम्पनीहरू (साधारण शेयर):

कम्पनीको नाम निष्काशन स्वीकृत रकम (रु. लाखमा) स्वीकृति मिति
सागर डिस्टिलरी लिमिटेड १ हजार ४ सय ५२ लाख २०८२/०४/१२
श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड ३ हजार २ सय ६२ लाख २०८२/०४/१३
एसवाई प्यानल नेपाल लिमिटेड ५ हजार २ सय ३२ लाख २०८२/०५/१७
सोलु हाइड्रोपावर लिमिटेड २० हजार लाख २०८२/०७/२४
सालापा विकास बैंक लिमिटेड १ हजार ७ सय २३ लाख २०८२/०८/०८
भुजुङ हाइड्रोपावर लिमिटेड २ हजार लाख २०८२/०८/११
रिज लाइन इनर्जी लिमिटेड २ हजार ६ सय ७ लाख २०८२/०८/२२
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड १ हजार ३ सय ७९ लाख २०८२/०८/२५
सुपर खुदी हाइड्रोपावर लिमिटेड ३ हजार १ सय लाख २०८२/०९/०६
पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड ७ हजार ५ सय लाख २०८२/०९/०९
शिखर पावर डेभलपमेन्ट लिमिटेड ३ हजार २ सय लाख २०८२/०९/१६
होटल फरेस्ट इन लिमिटेड ४ हजार लाख २०८२/०९/२०
स्नो रिभर्स लिमिटेड १ हजार ८ सय ७५ लाख २०८२/१०/१८
कालिञ्चोक हाइड्रोपावर लिमिटेड १ हजार ३ सय ७५ लाख २०८२/१०/१९
अपोलो हाइड्रोपावर लिमिटेड १ हजार ४ सय १० लाख २०८२/१०/२०
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड २ हजार ८० लाख २०८२/१०/२९
ताक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ४ हजार २ सय ३० लाख २०८२/११/०१
यम्बालिङ हाइड्रोपावर लिमिटेड २ हजार ८ सय लाख २०८२/११/१७
सोपान फार्मास्युटिकल्स लिमिटेड ४ हजार २ सय ९० लाख २०८२/११/१७
कालंगा हाइड्रो लिमिटेड ४ हजार ९ सय लाख २०८२/११/२६
सानिगाड हाइड्रो लिमिटेड ८ हजार ५ सय ५० लाख २०८२/११/२६
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लि २ हजार ५ सय ८० लाख २०८३/०१/०२
सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेड ८ सय ५० लाख २०८३/०१/०२
एभरेष्ट कलर लिमिटेड ७ सय ९० लाख २०८३/०१/०२

हकप्रद शेयर निष्काशनको अनुमति पाएका कम्पनीहरू:

कम्पनीको नाम निष्काशन स्वीकृत रकम (रु. लाखमा) स्वीकृति मिति
शिव श्री हाइड्रोपावर लिमिटेड १४ हजार ७ सय ६४ लाख २०८२/०४/०४
सिटी होटल लिमिटेड १३ हजार ३ सय ९२ लाख २०८२/०४/०४
रिभर फल्स पावर लिमिटेड ७ हजार लाख २०८२/०४/०९
नारायणी डेभलपमेन्ट बैंक २ हजार ६ सय २४ लाख २०८२/०४/१५
बुद्ध भूमि नेपाल हाइड्रोपावर  ४ हजार लाख २०८२/१०/२१
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड २ हजार ३ सय १० लाख २०८२/१०/२७
हिमालयन पावर पार्टनर लिमिटेड ५ हजार ३ सय २७ लाख २०८२/११/२५

 

दोस्रो बजारमा सूचीकृत बोनस शेयरको विवरण:

कम्पनीको नाम बोनस प्रतिशत बोनस शेयर कित्ता
एनएमबी बैंक लिमिटेड ५ प्रतिशत ९१ लाख ८३ हजार ३ सय ५२ कित्ता
सुपर माई हाइड्रोपावर लिमिटेड २० प्रतिशत १० लाख ७० हजार कित्ता
युनिभर्सल पावर कम्पनी लिमिटेड ९ प्रतिशत २० लाख ५१ हजार ९ सय ३६ कित्ता
विन्ध्यावासिनी हाइड्रोपावर लिमिटेड ५ प्रतिशत ५ लाख ६४ हजार ९ सय कित्ता
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड ४ प्रतिशत १० लाख २६ हजार ८९ कित्ता
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड ४ प्रतिशत २० लाख ४१ हजार ४ सय ५५ कित्ता

 

नयाँ शेयरको व्यापक सूचीकरणसँगै समग्र बजार परिसूचक र उपसूचकहरूमा पनि समीक्षा अवधिमा उत्साहजनक परिवर्तन देखिएको छ। आर्थिक वर्षको सुरुवात अर्थात् जेठ मसान्त २०८२ को तुलनामा जेठ मसान्त २०८३ सम्म आइपुग्दा नेप्से परिसूचक २.५८ प्रतिशतले वृद्धि भई २,७२४.०३ विन्दुमा पुगेको छ, जबकी अघिल्लो वर्षको सोही अवधिमा यो सूचक २,६५५.३९ विन्दुमा रहेको थियो। संवेदनशील सूचक अर्थात् सेन्सेटिभ इन्डेक्स पनि अघिल्लो वर्षको ४५४.०९ विन्दुको तुलनामा २.८६ प्रतिशतले बढेर ४६७.१० विन्दुमा पुगेको छ। फ्लोट इन्डेक्समा २.५० प्रतिशतको वृद्धि देखिँदै १८५.९० विन्दु कायम भएको छ। यस्तै, बजारको मुख्य आधार मानिने बैंकिङ उपसूचकमा ६.४२ प्रतिशतको बलियो सुधार आएको छ। अघिल्लो वर्षको जेठ मसान्तमा १,३५३.०८ विन्दुमा रहेको बैंकिङ उपसूचक समीक्षा अवधिमा बढेर १,४३९.९८ विन्दु पुगेको छ

गत वर्ष असार मसान्तमा नेप्से परिसूचक २,७९४.७८ विन्दुमा बन्द भएकोमा यस आर्थिक वर्ष २०८२/८३ को असार मसान्तमा आउँदा करिब १९७ विन्दुको गिरावट खेप्दै २,५९७.८० विन्दुमा सीमित हुन पुगेको छ। यस्तै, नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ७२ बाट बढेर २ सय ९७ पुगेको छबजार परिसूचकसँगै कुल बजार पूँजीकरण पनि गत वर्षको असार मसान्तको ४६ खर्ब ५० अर्ब रुपैयाँको उच्च बिन्दुबाट केही संकुचित भई यस वर्षको असार मसान्तमा ४४ खर्ब ६३ अर्ब रुपैयाँ कायम भएको छ, जसमा बैंकिङ, जलविद्युत् तथा वित्त जस्ता प्रमुख उपसुचकहरूमा आएको निरन्तरको उतारचढावले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ। सरकारको आर्थिक सर्वेक्षण र राष्ट्रिय तथ्याङ्क कार्यालय अनुसार यस आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपीको कुल आकार ६६ खर्ब ९ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। यसरी कायम भएको असार मसान्तको कुल बजार पूँजीकरणलाई देशको जीडीपीको आकारसँग तुलना गर्दा सेयर बजारको हिस्सा कुल गार्हस्थ्य उत्पादनको करिब ६७.५ प्रतिशत बराबर हुन आउँछ, जसले गत वर्षको तुलनामा पूँजीकरण र जीडीपीको अनुपातमा केही गिरावट आएको देखाए तापनि राष्ट्रिय अर्थतन्त्रमा नेपालको पूँजीबजारको उपस्थिति, संवेदनशीलता र प्रभाव अझै पनि निकै विशाल एवं मजबुत रहेको स्पष्ट पार्छ। 

समग्र पूँजी बजारमा नयाँ धितोपत्रको आगमन र प्रमुख वित्तीय सूचकहरूमा देखिएको यो सकारात्मक लयले देशको पूँजी बजारमा लगानीकर्ताहरूको आत्मविश्वास अझ बलियो बन्दै गएको स्पष्ट पार्दछ




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।