चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको तयारी तीव्रः अर्थमन्त्री वाग्लेले थाले सचिवहरूसँग छलफल

Jul 20, 2026 12:35 PM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालयगत छलफल सुरु गरेका छन्।

सोमबार अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूसँगको विशेष बैठक सुरु भएको हो। अर्थमन्त्री डा. वाग्लेको अध्यक्षतामा बसिरहेको उक्त बैठकमा चालु आर्थिक वर्षको बजेटलाई नतिजामुखी बनाउन र कार्यान्वयनका क्रममा देखिन सक्ने चुनौतीहरूलाई सम्बोधन गर्ने विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ सचिव डा. घनश्याम उपाध्यायको विशेष उपस्थिति रहेको छ। यस्तै, बजेटको ठूलो हिस्सा ओगट्ने र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसंख्या, र शिक्षा मन्त्रालयका सचिवहरूको सहभागिता रहेको छ।
यसका साथै परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम रोजगार तथा सामाजिक सुरक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, गृह, र रक्षा मन्त्रालयका सचिव एवं उच्च अधिकारीहरू पनि बैठकमा सहभागी छन्।

बैठकमा सहभागी मन्त्रालयका सचिवहरूले आ–आफ्नो मन्त्रालयका प्राथमिकता, चालु आयोजनाको अवस्था र बजेट कार्यान्वयनका बारेमा ब्रिफिङ गर्ने कार्यक्रम छ। अर्थमन्त्री डा. वाग्लेले बजेट विनियोजन मात्र ठूलो कुरा नभई यसको समयमै कार्यान्वयन र त्यसबाट प्राप्त हुने प्रतिफल मुख्य हुने भएकाले सबै मन्त्रालयहरू बीच समन्वय हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

मन्त्रालयले समयमै बजेट कार्यान्वयन प्रक्रियालाई चुस्त बनाउन यो छलफल आयोजना गरेको हो। यस छलफलबाट प्राप्त सुझावका आधारमा चालु आर्थिक वर्षको बजेटको कार्यान्वयन गरिने भएकाे हाे।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।