जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले

Jun 19, 2026 01:10 PM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

 अर्थमन्त्री वाग्लेले संसदले निर्देशन दिएमा सरकारले विशेष खालको बजेटको व्यवस्था गर्ने पनि बताए । उनले सरकारले हजारौ ठाउँहरुबाट उठाएको कर आवश्यकक्ताको आधारमा उपयोग गर्ने नीति लिएको पनि स्पष्ट पारे

अर्थमन्त्री वाग्लेले  भने,‘सयौँ, हजारौँ स्रोतहरुबाट कर उठाउन सकिन्छ । र यसरी उठाउको कर यो प्रयोजनका लागि मात्रै उपयोग गर्न सकिने भनेर इयर मार्किङ पनि गर्न सकियो । तर त्यो सँगसँगै प्रशासनिक, कानूनी जटिलताहरु पनि आउँछन् । अर्को त्यो हजारौ ठाउँबाट उठाइएका करहरु एउटै सञ्चित कोषमा गएर जम्मा हुन्छ । र, जनमत प्राप्त सरकारले त्यसको विवेकपूर्ण उपयोग गर्छ । पूर्वाधारका लागि उठाइएको कर बुढी गण्डकीको क्षतिपूर्ति भनेर ४३ अर्व बाडियोभनेर मैले हिजो पनि उदाहरण दिएको थिएँ । त्यो भनेर बुढी गण्डकीको छुट्टै डालो बनाइरहनु नपर्ला । त्यस्तै प्रदुषणको नाममा उठाइएको कर वातावरण मन्त्रालय, वातावरण विभाग, स्वास्थ्य मन्त्रालय त्यो विनियोजनबाट पनि रिफ्ल्याक्ट भईराखेको हुन्छ । अर्को विशेष खालको बजेट पनि व्यवस्था हुन्छ । त्यसको निर्देश गर्ने काम सार्वभौम संसदको हुन्छ ।’

अर्थमन्त्री वाग्लेले प्रशासनिक र कानूनी जटिलता नआउने गरी सरकारले करको उपयोग गर्ने पनि बताए।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।