नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला चार हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।
