मन्त्री विराजभक्त श्रेष्ठको निर्णयअनुसार विद्युत् विकास विभागको महानिर्देशकमा सहसचिव सागरराज गौतम र सिँचाइ विभागको महानिर्देशकमा डा. महेश्वर श्रेष्ठ नियुक्त भएका छन्।
यसअघि गौतम मन्त्रालयको विकास सहायता र श्रेष्ठ बजेट तथा अनुगमन महाशाखामा कार्यरत थिए। विद्युत् विकास विभागकी निवर्तमान महानिर्देशक मनदेवी श्रेष्ठ र सिँचाइका मित्र बराललाई भने मन्त्रालय तानिएको छ।
यसैगरी,उपमहानिर्देशक गोकर्णराज पन्थलाई विद्युत् नियमन आयोगको सचिव र अर्का उपमहानिर्देशक सुनिल पौडेललाई मन्त्रालयमा ल्याउने तयारी छ। निर्णय भइसके पनि पत्र हस्तान्तरण हुन भने बाँकी रहेको मन्त्रालयले जनाएको छ।