वित्तीय खर्च घट्दा मकर जितमाया सुरी हाइड्रोपावरको खुद नाफा बढ्यो

Aug 09, 2026 08:45 AM Merolagani



मकर जितमाया सुरी हाइड्रोपावर लिमिटेड (MAKAR) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफामा उल्लेखनीय वृद्धि भएको छ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ४ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६७.५७ प्रतिशतको वृद्धि हासिल गर्दै ७ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

त्यस्तै, अघिल्लो आर्थिक वर्षमा ३८ करोड ८६ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले गत आर्थिक वर्षमा ३९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ०.८९ प्रतिशत मात्र बढेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा भने ०.३९ प्रतिशत घटेको छ।

कम्पनीको वित्तीय खर्चरऋणको ब्याज अघिल्लो आर्थिक वर्षको १८ करोड ३१ लाख रुपैयाँबाट घटेर १५ करोड ८५ हजार रुपैयाँमा झरेको छ, जसले नाफा वृद्धिमा मद्दत पुर्‍याएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको चुक्ता पूँजी ७६ करोड रुपैयाँ कायम रहेको छ।अघिल्लो वर्ष ३ करोड २८ लाख रुपैयाँ रहेको सञ्चित नाफा बढेर ११ करोड ११ लाख रुपैयाँ लाख पुगेको छ।

कम्पनीको दीर्घकालीन ऋण अघिल्लो आर्थिक वर्षको १ अर्ब ९३ करोड ६६ लाख रुपैयाँबाट घटेर १७ करोड ८० लाख ४७ हजार रुपैयाँमा झरेको छ। कम्पनीको कुल सम्पत्तिको आकार २ अर्ब ६७ करोड १३ लाख रुपैयाँ रहेको छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।