नाइमा मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले यातायात व्यवस्था ऐनको ड्राफ तयार भइसकेकाले केही समयभित्र ऐनका रुपमा आउने बताए । ‘हामीले छिट्टै नै यातायात व्यवस्था ऐन ल्याउँदैछौं । त्यसको ड्राफ्ट तयार भइसकेको छ,’ उनले भने, ‘त्यो ऐन आएपछि यातायात क्षेत्रका धेरै विषयहरु समाधान हुने अपेक्षा लिएका छौं ।’