विद्युत बिक्री आम्दानी बढेसँगै भुगोल इनर्जीको नोक्सानी घट्यो

Aug 11, 2026 12:13 PM Merolagani



भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड (BEDC) ले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनी ९२ लाख २७ हजार रुपैयाँ नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ३ करोड ९ लाख रुपैयाँ नोक्सानीमा थियो।

विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण नोक्सानी घटेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५ करोड ३३ लाख रुपैयाँ बढेर ६ करोड २४ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४ करोड २२ लाख रुपैयाँबाट बढेर ५ करोड ७६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ४ करोड ४५ लाख रुपैयाँबाट घटेर ३ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ।

असारको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ४६ रुपैयाँ २८ पैसा रहेको छ।

५४ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।