अपर हेवाखोला हाइड्रोपावरलाई हकप्रद शेयर निष्काशन गर्न पूर्व–स्वीकृति

Aug 25, 2026 11:19 AM Merolagani



अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेको छ । कम्पनीले १४ औं वार्षिक साधारण सभाबाट पारित गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न प्रस्ताव गरेको थियाे।

आयोगले कम्पनीलाई ५२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशनका लागि मात्र अनुमति दिएको हो । १५ प्रतिशत बोनस शेयर वितरण पश्चात कायम कम्पनीको चुक्ता पूँजी ५७ करोड ५० लाख रुपैयाँ पुगेको आधारमा शतप्रतिशत हकप्रदको माग गरिएकाेले शेयर निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ ।

यता, कम्पनीले भने १ बराबर १ को राइट सेयर पाउने गरी विद्युत् नियमन आयोगमा पुनरावेदनमा जाने गरी सञ्चालक समितिको तयारी छ ।

आयोगले तोकेको शर्त अनुसार हकप्रद शेयर मार्फत संकलन हुने रकम मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको सिसुवाखोला जलविद्युत आयोजनामा स्वपूँजी लगानीका लागि खर्च गर्ने भएकाेछ । त्यसैगरी, बाँकी रहेको पूँजी अपर हेवाखोला साना जलविद्युत आयोजना निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट लिइएको आवधिक कर्जा भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

 

संखुवासभामा अवस्थित ८.५ मेगावाट क्षमताको आयोजना हो । कम्पनीको बिक्री प्रबन्धक रिलायबल इन्भेष्टमेन्ट एण्ड मचेन्ट क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि मात्र लगानीकर्ताका लागि हकप्रद शेयर खुला हुनेछ ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।