Wed, Aug 26, 2026
रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ। पृथ्वी राजमार्गबाट धादिङ जोड्ने त्रिशूली नदीमाथिको पुल बाढीले बगाएको हो।
गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार त्यहाँ केही मान्छेहरू फसेका छन्। उनले भने, ‘ठाउँ ठाउँमा राजमार्गसम्म पानीको सतह आइसकेको छ । राजमार्गको यात्रा ज्यादै जोखिमपूर्ण रहेको छ । पानीको बहाव धादिङ क्षेत्रमा बढीरहेको छ ।’
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।