स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्युएचओले स्वास्थ्य सामग्री पठाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्रमा २४ वर्गमिटरका १५ वटा आपतकालीन टेन्ट समेत पठाइने भएको छ।
बाढीबाट घाइते भएकाको उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० आपत्कालीन शय्या छुट्याइएको मन्त्रालयले जनाएको छ। हालसम्म तीन जना घाइतेलाई उद्धार गरी काठमाडौं ल्याइसकिएको छ।
आपत्कालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन संघीय अस्पताल, रक्तसञ्चार केन्द्र तथा बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग पनि उद्धार तथा स्वास्थ्य सेवाका लागि समन्वय भइरहेको छ।