विपद्को मौका छोपी ‘प्रधानमन्त्री राहत कोष’का नाममा ठगी गर्नेहरूप्रति सतर्क रहन नेपाल प्रहरीको आग्रह

Aug 27, 2026 02:03 PM Merolagani



हालको विपद्को अवस्थालाई दृष्टिगत गर्दै विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई-वालेटमा रकम माग गर्ने तथा फर्जी राहत माग्ने कार्य भइरहेको पाइएको छ।

तिनीहरुले आफ्नै राहत काेषकाे क्युआरकाे ठाउँमा आफ्नै बैंक खाताकाे प्रयाेग गर्ने गरेकाे छ । यस्ता गतिविधिहरूप्रति सचेत गराउँदै नेपाल प्रहरीले आम नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

 

आपत्‌कालीन तथा राहत सहयोग गर्न चाहने महानुभावहरूले आधिकारिक वेबसाइट (https://opmcm.gov.np/) वा प्रमाणित सामाजिक सञ्जाल पेजमार्फत मात्र सहयोग गर्न प्रहरीले आग्रह गरेको छ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।