एभरेष्ट बैंकको लाभांश प्रस्ताव सार्वजनिक, ५ प्रतिशत बोनस र १० प्रतिशत नगद

Aug 27, 2026 05:31 PM Merolagani



एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । गत वर्ष कम्पनीले २० प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको लाभांश कम भएको हो ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।