भोटेकोशी बाढी प्रभावितका लागि सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग

Aug 30, 2026 03:31 PM Merolagani



भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

सिद्धार्थ बैंकले आज काठमाडौंमा उक्त रकम कोषमा उपलब्ध गराएको हो।

रसुवाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै बैंकले प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले यो रकम प्रदान गरेको जनाएको छ।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकको पीडामा साथ दिन र राहत कार्यलाई प्रभावकारी बनाउन आफ्नो योगदान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।

बाढीका कारण ज्यान गुमाएकाहरूप्रति बैंक परिवारले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना जनाएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना र जनजीवन सामान्य बनाउन भइरहेका सरकारी तथा सरोकारवाला निकायका प्रयास सफल होऊन् भन्ने शुभकामना पनि बैंकले व्यक्त गरेको छ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।