बैंकको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका सदस्यहरूले एक दिनको बैठक भत्ता राहत स्वरूप प्रदान गर्ने निर्णय गरेका छन्। उक्त निर्णय अनुसार पाँच लाख ५५ हजार ५५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बैंकले जनाएको छ।
बाढीपहिरोका कारण धेरै सहकारी संस्थाहरूको भौतिक संरचना र अभिलेखमा क्षति पुगेको छ। यस्ता प्रभावित सहकारी संघ–संस्थाहरूको पुनः स्थापना, अभिलेख संरक्षण र प्रविधि व्यवस्थापनका लागि बैंकले २० लाख रुपैयाँ छुट्ट्याएको छ। यो रकम सम्बन्धित जिल्ला सहकारी संघहरूसँगको समन्वयमा वितरण गरिने भएको हो । जसले सहकारी क्षेत्रलाई पुनः लयमा फर्काउन मद्दत पुग्ने बैंकको विश्वास छ।
विपद्को समयमा बैंकमा कार्यरत कर्मचारीहरूले पनि ऐक्यबद्धता जनाउँदै ६ लाख चार हजार ५३२ रुपैयाँ संकलन गरेका छन्। उक्त रकम मध्येबाट नुवाकोट शाखामा कार्यरत तीन जना कर्मचारी (जसको व्यक्तिगत घर–सम्पत्तिमा क्षति पुगेको छ) र बेपत्ता रहेका आफन्तका परिवारलाई तत्काल राहत स्वरूप प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले रकम वितरण गरिएको बैंकले जनाएको छ।