नेपाल राष्ट्र बैंकले ५५ अर्ब निक्षेप सङ्कलन गर्दै

Sep 09, 2026 10:48 AM Merolagani



नेपाल राष्ट्र बैंकले बजारबाट ५५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंकले ६० दिन अर्थात दुई महिनाका लागि उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन र ब्याजदर नियन्त्रणका लागि निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्दै आएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेको ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकताका आधारमा क्रमशः आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिनेछ ।

निक्षेप संकलनका लागि सोमबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल हुने भएको छ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज २०८३ कार्तिक १८ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बैंक तथा वित्तयि संस्थामा धितोको रुपमा प्रयो गर्न समेत सकिन्छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।