राष्ट्र बैंकद्वारा १८ अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

Sep 03, 2026 11:15 AM Merolagani




नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले १८ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ९० दिनको लागि निक्षेप संकलन गर्ने भएको हो।

राष्ट्र बैंककले आज सूचना जारी गर्दै भदौ १८ गते निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम सङ्कलन गर्न बोलकबोल आह्वान गरिएको जनाएको हो।

बोलकबोल आज दिउँसो ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत हुनेछ। निक्षेप सङ्कलन उपकरण आजै निष्काशन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी अर्थात २०८३ मंसिर १६ गते भुक्तानी गरिनेछ। ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँ दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ। निक्षेप सङ्कलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।