विकास साझेदारहरूसँग अर्थमन्त्रीको बैठक: रसुवा बाढीपछिको पुनरुत्थान र क्षति मूल्यांकनमा छलफल

Sep 09, 2026 04:50 PM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदपछिकाे पुनरुत्थान तथा क्षति र आवश्यकता आकलनका विषयमा प्रमुख विकास साझेदारहरूसँग विस्तृत छलफल सुरु गरेका छन।

सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा स्थानीय विकास साझेदारहरूको बैठक बसेकाे हो। उक्त बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टर (देश निर्देशक) हरूको सहभागिता रहेको छ ।

बैठकमा विशेष गरी रसुवामा आएको बाढी र त्यसपछिको अवस्थाबारे केन्द्रित रहेर छलफल भइरहेको छ । विपद्पछि चलाइएको खोज तथा उद्धार कार्य, प्रारम्भिक पुनरुत्थान, द्रुत विपद् आवश्यकता आकलन (Post-Disaster Needs Assessment) र भौतिक तथा आर्थिक क्षति मूल्यांकनका विषयमा सरोकारवालाहरूबीच विस्तृत समीक्षा हुने छ।

बाढी प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्निर्माण र पुनरुत्थानका लागि आवश्यक वित्तीय तथा प्राविधिक सहयोग जुटाउन विकास साझेदारहरूसँग समन्वय गर्ने उद्देश्यले यो बैठक आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।