चक्रवात ‘अर्णव’ को प्रभाव: आगामी बिहीबारदेखि नेपालका विभिन्न भूभागमा भारी वर्षा र हिमपातको सम्भावना

Oct 27, 2026 08:39 AM Merolagani



बङ्गालको खाडीमा विकसित भएको ‘अर्णव’ (Arnab) नामक चक्रवात थप शक्तिशाली बन्दै अति शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार एक विशेष बुलेटिन जारी गर्दै यस प्रणालीको प्रभाव नेपालमा पनि पर्ने र आगामी बिहीबार (कात्तिक १२ गते) देखि शनिबार (कात्तिक १४ गते) सम्म मौसममा व्यापक फेरबदल हुने चेतावनी दिएको छ।

कुन–कुन क्षेत्रमा बढी प्रभाव पर्छ?

महाशाखाका अनुसार कार्तिक १२ गते बिहीबारबाट सुरु हुने यस मौसमी प्रणालीको प्रभाव विशेष गरी शुक्रबार र शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा बढी पर्ने सम्भावना रहेको छ।

  • शुक्रबार र शनिबार (कात्तिक १३ र १४ गते): कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी प्रदेशका केही स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको आकलन गरिएको छ।

कृषि, यात्रा र जनजीवन प्रभावित हुने

अचानक आउने यो मौसमी विपद्ले भित्र्याउने बेलाको धानबालीमा ठूलो क्षति पुर्‍याउन सक्ने महाशाखाले जनाएको छ। तसर्थ, धान काट्ने तथा भित्र्याउने लगायतका महत्त्वपूर्ण कृषि कार्यहरू बिहीबार अगावै सम्पन्न गर्न किसानहरूलाई आग्रह गरिएको छ।

त्यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी (Blizzard) तथा पहिरो जान सक्ने जोखिम उच्च रहेको छ। यस अवस्थालाई मध्यनजर गर्दै पर्यटकहरूलाई उच्च हिमाली भूभागमा नजान तथा गएको भए पनि सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ। बाढी, पहिरो, सडक अवरोध र हवाई यातायातसमेत प्रभावित हुन सक्ने हुनाले सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई पूर्वतयारी अपनाउन र उच्च सतर्कतामा बस्न विभागले विशेष अपिल गरेको छ।




६२ कम्पनीले गरे लाभांश घोषणा, कसले कति दिए धेरै, कुन क्षेत्र अगाडि?

Oct 25, 2026 09:53 AM

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूले चालु आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरूलाई लाभांश घोषणा गर्ने क्रम तीव्र बनाएका छन्। सूचीकृत कम्पनीहरूमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, जलविद्युत्, उत्पादनमूलक तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूले प्रतिफल घोषणा गरिसकेका छन्।