भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई कार्ड व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेबापत दुई विधामा अवार्ड प्रदान गरिएको हो । बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर प्रिपेड काड्र्स बिजनेस’ र ‘एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट काड्र्स बिजनेस’ अवार्ड प्राप्त गरेको हो ।

ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सिद्धार्थ बैंकले क्रेडिट तथा प्रिपेड कार्ड सेवाको विस्तार गर्दै आएको छ । प्राप्त अवार्डले कार्ड व्यवसायमा बैंकको प्रदर्शन, सेवा गुणस्तर तथा बजारमा बढ्दो उपस्थितिलाई प्रतिविम्बित गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार २०८३ असार मसान्तसम्म नेपालमा कुल ३ लाख ३० हजार क्रेडिट कार्ड जारी भएकोमा सिद्धार्थ बैंकको हिस्सा करिब ६९ हजार रहेको छ । यस आधारमा क्रेडिट कार्ड बजारमा बैंकको हिस्सा करिब २१ प्रतिशत रहेको छ । त्यसैगरी, सोही अवधिसम्म बजारमा जारी भएका २ लाख ८० हजार प्रिपेड कार्डमध्ये सिद्धार्थ बैंकको हिस्सा करिब ४२ हजार रहेको बैंकले जनाएको छ ।
यसैबीच, क्रेडिट कार्ड सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले बैंकले ग्राहकलाई लाइफटाइम निशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत ग्राहकले २०८३ मंसिर २९ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।