सहमतिको एक महिना नपुग्देै फेवा र बिजनेस युनिभर्सलको किन टुट्यो मर्जर प्रक्रिया ?

Dec 13, 2015 Mero Lagani



बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक (BUDBL) र फेवा विकास बैंक (FBBL)  एकआपसमा मर्ज नहुने भएका छन् । दुई संस्था मर्जरमा जान सहमति गरेको एक महिना नपुग्दै यी दुई बैंक मर्जर प्रक्रियाबाट टाढीएका हुन् । गत मंसिर १ गते बिजनेस युनिभर्सल र फेवाले मर्जमा जाने समझदारी गरेका थिए ।

 

उक्त समझदारीमा बिजनेस युनिभर्सलका तर्फबाट सञ्चालक एवं मर्जर समितिका संयोजक दिनेशशंकर पालिखे र फेवाका तर्फबाट सञ्चालक एवं मर्जर समितिका संयोजक बिन्दुुकुमार थापाले हस्ताक्षर गरेका थिए । तर उक्त सहमतिमा दुवै बैंकका अध्यक्षहरुले हस्ताक्षर गरेका थिएनन् । मर्जरबारे फेवा विकास बैंकका अध्यक्ष जगन गुरुङ र अन्य सञ्चालकबीच विवाद भएपछि बिजनेस युनिर्भसल पछि हटेको हो ।

मर्ज गर्ने निर्णय गर्दा आफूलाई कुनै जानकारी नदिइएको भन्दै फेवाका अध्यक्ष जगन गुरुङले बैंकका ३० प्रतिशत सेयरधनीको साथ लिएर राष्ट्र बैंकमा निवेदन दिएपछि मर्जको निर्णय धरापमा परेको हो ।

दुई संस्थाका मर्जर कमिटीले मर्जपछि बैंकको कार्यकारी अधिकृत फेवा विकास बैंकको तर्फबाट र सञ्चालक समितिको अध्यक्ष बिजनेस युनिभर्सल बैंकको तर्फबाट राख्ने सहमति गरेको थियो । तर त्यो सहमतिप्रति फेवाका अध्यक्ष जगन असन्तुष्ट थिए । यहि बिषयलाई लिएर फेवा विकास बैंकका सञ्चालकबीच किचलो सुरु भएपछि मर्जर टुटेको हो । फेवा बैंक अध्यक्षले मर्जमा नजाने भनेर राष्ट्र बैंकमा पत्र पठाएपछि किन नजाने हो भनी केन्द्रीय बैंकले उनलाई स्पष्टीकरण सोधिसकेकोछ ।

फेवा फाइनान्स र विश्व विकास बैंक मर्ज भएर फेवा विकास बैंक बनेको हो । संस्थामा ‘अध्यक्ष जगन गुरुङ र सञ्चालक बिन्दु थापा’ का दुई समूह रहेको र उनीहरुबीचको सम्बन्ध ‘चिसो’ भएको बैंककै एक सञ्चालकले जानकारी दिए । यसअघि दुवैजना छुट्टाछुट्टै संस्थामा थिए । जगन मर्ज हुनुअघिको विश्व विकास बैंकका अध्यक्ष हुन् भने बिन्दु फेवा फाइनान्सका सञ्चालक तथा मेजर सेयर होल्डर ।

अहिले फेवाको चुक्ता पुँजी ८१ र बिजनेस युनिभर्सलको ९३ करोड रुपैयाँ छ । गएको वर्ष फेवाले २२ करोड र बिजनेस युनिभर्सलले १६ करोड २० लाख रुपैयाँभन्दा खुद नाफा कमाएका थिए ।

दुवैं संस्थाको बोनस सेयरसमेत जोड्दा चुक्ता पुँजी २ अर्बभन्दा बढी चुक्ता पुँजी पुग्ने विश्लेषण गरिएको थियो । आगामी वर्षका बोनससमेत बाँड्दा राष्ट्र बैंकले भनेअनुसार केन्द्रीय स्तरको विकास बैंक चाहिने साढे २ अर्बको पुँजी पुग्थ्यो । राष्ट्र बैंकले आउँदो २०७४ असार मसान्तभित्र विकास बैंकले चुक्ता पुँजी साढे २ अर्ब रुपैयाँ पु¥याउनुपर्ने नीति सार्वजनिक गरेको थियो ।

 

लुम्बिनीसँगको हल्ला चलाएर बिजनेस युनिभर्सले रोज्यो अर्कै बाटो

.................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।