शेयर बजारमा लगानी गर्दे हुनुहुन्छ ? लगानी गर्नुअघि यस्ता बिषयमा ध्यान दिनुहोस्

Jul 22, 2016 Mero Lagani



पछिल्लो समयमा शेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । आफुसंग भएको केही रकम लगानी गर्दा धेरै प्रतिफल पाउने आशमा ठुलो संख्यामा नयाँ लगानीकर्ता समेत शेयर बजारमा प्रवेश गरिरहेका छन् । साधारण शेयरमा होस् वा दोस्रो बजारमा लगानीकर्ता ओइरिने क्रम बढ्दो छ । तर बजारमा बिचारै नपुर्याई लगानी गर्दा लगानी फस्ने जोखिम पनि उत्तिकै रहेको छ । यदि तपाई बजारमा सुरक्षित लगानी गर्न चाहानु हुन्छ भने यी बिषयहरुमा ख्याल राख्नुहोस् ।

 

यदि तपाई धितोपत्र (शेयर, ऋणपत्र, सामूहिक लगानी योजनाको ईकाई आदि) मा लगानी गर्दै हुनुहुन्छ भने लगानी गर्नु अघि निम्न कुराहरुमा विशेष ध्यान दिनुहोस् ।

धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भएर मात्र लगानीको निर्णय लिनुहोस्।

धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नलागी बजार तथा कम्पनीको बास्तविक बस्तुस्थिति बुझेर आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् । साथै आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको मूल्याकंन समेत गर्नुहोस् ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत धितोपत्रमा लगानी गर्दा सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्नसक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यबस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु (Earning Per Share, Dividend Per Share, Price/Earning Ratio, Net Worth Per Share), पुंजीकोष अनुपात, निस्क्रिय कर्जा अनुपात आदी), धितोपत्रको मूल्य प्रबृत्ति, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) जस्ता महत्वपूर्ण कुराहरुको अध्ययन गर्नुहोस् ।

यस्ता सूचना तथा गतिविधिहरु निरन्तररुपमा नेप्सेको वेबसाईट (www.nepalstock.com), सम्बन्धित कम्पनीको वेबसाइट तथा विभिन्न आर्थिक पत्रपत्रिकाहरुमा प्रकाशित हुने गरेको छ । साथै कम्पनीसंग सम्बन्धित उद्योग/क्षेत्रको समेत अवस्थाको अध्ययन गर्नुहोस्।

धितोपत्र बजारलाई आधुनिकीकरण गर्ने क्रममा मिति २०७२ माघदेखि धितोपत्रहरुको दोश्रो बजारको कारोवार, नामसारी तथा राफसाफ पूर्ण अभौतिकरुपमा(Full Demat) मात्र हुने भएको र प्राथमिक बजारमा सार्वजनिकरुपमा निष्काशन गरिने धितोपत्रमा लगानी गर्दा काठमाडौं उपत्यका भित्र २०७३ श्रावणदेखि र अन्य स्थानमा २०७३ माघदेखि हितग्राही खाता (Demat Account) अनिवार्य गरिएको हुंदा, सिडिएस एण्ड क्लियरिङ्ग कम्पनी लिमिटेड (सिडिएससी) तथा निक्षेप सदस्यसँग सम्पर्क राखी तोकिएको ढाँचाको ग्राहक परिचय विवरण (KYC Form) अनिवार्यरुपमा भरी हितग्राही खाता (Demat Account)  खोलेर धितोपत्र खरिद बिक्री कारोवार गर्नुहोस् ।आफूले खरिद गरेको धितोपत्र समयमै आफ्नो खातामा जम्मा भए/नभएको ध्यान दिनुहोस्।

 धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनितिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहनुहोस्।

धितोपत्र कारोवार गर्दा रकमको लेनदेन गर्दा बैंकमार्फत मात्र गर्नुहोस्। धितोपत्र करोवार वापत धितोपत्र दलालले लिने शुल्क सम्बन्धमा धितोपत्र व्यवसायी नियमावली हेरी जानकारी राख्नुहोस्।

लगानी विविधिकरणले (Investment Diversification) लगानीमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने हुँदा लगानी विविधिकरणमा ध्यान दिनुहोस्।

लगानीकर्ताको अधिकार तथा जिम्मेवारी सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन नियम, कम्पनी ऐन तथा अन्य सम्बन्धित ऐन नियमहरुको साथैड्ड नेपाल धितोपत्र वोर्ड(वोर्ड)ले गरेका व्यवस्थाहरुबारे जानकारी राख्नुहोस् ।

धितोपत्र सम्बन्धी ऐन नियमहरु बोर्डको वेबसाइट(sebon.gov.np)  तथा वोर्डको सम्बन्धित प्रकाशन मार्फत समेत हेर्न सक्नु हुनेछ ।

प्राथमिक बजारमा सार्वजनिक रुपमा निष्काशन गरिने धितोपत्रमा लगानी गर्दा धितोपत्र निष्काशनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्रड्ड अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति (नेट वर्थ, नाफा नोक्सान स्थिति आदि), लगानी योजना, जोखिम पक्ष, क्रेडिट रेटिङ्गको स्तर जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण गर्नुहोस।

धितोपत्रको प्राथमिक बजारमा लगानी गर्नु अघि उक्त धितोपत्र, बोर्डमा दर्ता भए नभएको तथा दोश्रो बजारमा लगानी गर्दा नेप्सेमा सूचीकृत भए नभएको बारेमा जानकारी राख्नुहोस् । साथै नेपाल स्टक एक्सचेञ्जबाट सूचिकरण खारेजी भएका तथा सूचीकृत नभएका पब्लिक लिमिटेड कम्पनीहरुको धितोपत्रहरु ओटिसी (OTC)  बजारबाट कारोवार गर्न सकिने व्यबस्था भएको हुंदा सो वारे जानकारी राख्नुहोस ।

धितोपत्रको दोश्रो बजारमा कारेवार गर्दा वोर्डबाट इजाजत प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायी मार्फतमात्र गर्नुहोस्।

पुंजीबजार सम्बन्धी नीति, नियम तथा निर्देशनहरुले धितोपत्रको मूल्यमा असर पार्ने भएकाले सुसूचित निर्णयका लागि वोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा वीमा समितिको वेबसाइट हेर्ने गर्नुहोस ।

धितोपत्रमा लगानी सम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचिकृत कम्पनी,सिडिएससी, नेप्सेवा बोर्डमा सम्पर्क राख्नुहोस्। स्रोत: धितोपत्र बोर्ड 

नेपाल धितोपत्र बोर्ड पो.व. नं. ९०३१, जावलाखेल, ललितपुर फोनः ०१–५५४१०५७, फ्याक्सः ०१–५५४१०५८, टोल फ्रि.न.:- १६६०–०१–४४४३३

बजार बुम भएका बेला कसरी लगानी सुरक्षित गर्ने ? टिम जि र माइकल जिका १० सुत्र

धितोपत्र बोर्डले के के गर्यो ? यस्तो छ प्रगती विबरण

शेयर किनबेचमा समस्या भोग्नु भएको छ ? धितोपत्र बोर्डले गठन गर्यो सुपरिवेक्षण तथा छानविन समिति

शेयर निष्काशनमा आस्बा प्रणाली लागू गर्ने धितोपत्र बोर्डको तयारी कहाँ पुग्यो ? साउनदेखि लागू नहुने पक्का

कहिले पाइन्छ लगानीकर्ता पहिचान कार्ड ?

धेरै आइपिओ आउँदैछन्, डिम्याट खाता खोल्नु भयो ? छैन भने खोल्नुस्

 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।