राजश्व सचिवको वार्ता सकरात्मक बनेपछि ब्रोकरहरुले आजदेखि सेयर कारोबार सूचारु गर्ने

Jul 02, 2017 merolagani

मूल्य अभिबृद्धि कर (भ्याट) मा दर्ता हुन र बक्यौता तिर्न कर कार्यालयले ताकेता गरेपछि बिहीबार एक्कासी सेयर बजार बन्द गरेका सेयर दलालहरुले आईतबारदेखि कारोबार सुचारु गर्ने भएका छन् ।

शुक्रबार अर्थ मन्त्रालयका राजश्व सचिवसँगको सहमति कार्यान्वयन हुने विस्वास सहित शनिबार बसेको स्टक ब्रोकर एशोसियशनको बैठकले आईतबारदेखि कारोबार सुचारु गर्ने निर्णय गरेको हो ।

एशोसियशनले कर कार्यालयले केही सेयर दलालहरुलाई चार बर्षको प्रारम्भिक भ्याट मुल्यांकन गरी सो बुझाउन र भ्याटमा दर्ता भएर मात्र कारोबार गर्न असार १४ गते पत्र काटेको र भ्याटको प्रक्रियागत अन्योलले असार १५ गते बिहीबार कारोबार रोकिएको जनाएको थियो ।

विहीबार कारोबार रोकिएरपछि सबैतिरबाट तीब्र आलोचना भएपछि लगानीकर्ता तथा सरोकारवाला निकायहरुमा पर्न गएको असुबिधाप्रति संघले शनिबार दुख ब्यक्त गरेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।