कर कार्यालयले सेयर दलाललाई भ्याट तिर्न पत्राचार गरेपछि नयाँ हलचल

Dec 13, 2017 Merolagani



कर कार्यालयले सेयर दलालहरुलाई मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुन र विगत चार बर्षअघि देखिको कारोबारको दस्तुर, हर्जना र बाँकी बक्यौता रकम तिर्न पत्र काटेपछि सेयर बजारमा नयाँ हलचल पैदा भएको छ ।

बुधबार दलाल व्यवसायी, इन्भेष्टर्स फोरम, लगानीकर्ता संघहरुको संयुक्त बैठक बसी कर कार्यालयले अन्तिम कर निर्धारण आदेश जारी गरेको तथा भ्याट प्रयोजनको लागि दर्ता भएर मात्र कारोबार गर्न दिएको निर्देशनको विरोध गरेका छन् । 

विज्ञप्तीमा १५ लाख भन्दाबढी लगानीकर्ताहरू संलग्न रहेको संवेदनशील पूँजी बजारलाई प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पार्ने भ्याट लगाउने निर्णय सात दिन भित्र फिर्ता नलिए संघर्षका अन्य कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी दिर्इएको छ ।

बुधबार जारी गरिएको विज्ञप्तीमा २०५० सालबाट प्रारम्भ भएको धितोपत्र दलालको सेवामा तत्कालिन बिक्री कर ऐन, २०२३ अनुसार पनि दलाल सेवामा बिक्री कर नलागेको उल्लेख छ । यसैगरि भ्याट लागू भएको १९ बर्षसम्म दलाली सेवा शुल्कलाई वित्तीय सेवा मानी भ्याटमा दर्ता हुने र कर उठाउने कार्य नभएको उल्लेख छ ।

मूल्य अभिबृद्धि कर निर्देशिका, २०६९ (पहिलो संशोधन २०७३) को दफा ४.१७ मा शेयर वा ऋणपत्र वा अन्य धितोपत्रको निस्कासन वा व्यवस्थापन वा खरीद बिक्रीसँग सम्बन्धित सेवालाई समेत वित्तीय सेवामा व्याख्या रहेको र मूल्य अभिबृद्धि कर ऐनमा समेत कर छुट हुने व्यवस्था रहेको भनार्इ रहेकाे छ ।

संयुक्त बैठकले पूँजी बजारलाई नकारात्मक प्रभाव पार्ने गरि दिएको निर्देशन तत्काल फिर्ता लिन र भ्याटमुक्त पूँजी बजारको लागि आवश्यक वातावरण बनाउन सम्बद्ध सबै पक्ष समक्ष अपील गरेको छ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।