सिद्धार्थ इन्स्योरेन्स र ज्योतिको लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम दिन

Aug 07, 2017 merolagani

सिद्धार्थ इन्स्योरेन्स कम्पनी (SIL) र ज्योति विकास बैंक (JBBLPO) काे सेयर लिलामीमा आवेदन गर्ने सोमबार अन्तिम दिन हो । ईच्छुकले दुबै कम्पनीकाे लिलामी सेयरमा आज ३ बजेसम्म मात्र आवेदन गर्न पाउनेछन् ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले साउन १६ गतेदेखि लिलामीमा राखेकाे ८ हजार ३५० कित्तामध्ये ७ हजार ९८३ कित्ता साधारण तथा ३६७ कित्ता संस्थापक सेयर रहेको छ । ज्योतिले संस्थापक समूहको ७ लाख ७० हजार ४७ कित्ता सेयरमा लिलामीमा राखेको हाे । 

सिद्धार्थको लिलामी सेयर किन्न इच्छुकले विक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी नक्सालमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । भने ज्योतिको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सिद्धार्थ इन्स्योरेन्स संस्थापक समूहको बोलपत्र साउन २५ गते बुधबार ३ बजे र साधारण समूहको सोही दिन ३:३० बजे खुला गर्ने कम्पनीले जनाएको छ । उता ज्योतिको बोलपत्र पनि साउन २५ गते बिहान ७ बजे सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा खुला हुने क्यापिटलले जनाएको छ ।

ज्योतिले यसअघि असार २१ देखि २८ गतेसम्म साधारण र संस्थापक दुबै समूहको सेयर लिलामी खुला गरेपनि संस्थापक समूहको ७ लाख ७० हजार कित्ता विक्री नभएपछि पुन लिलामी खुला गरेको थियो ।

सिद्धार्थ र ज्योतिको संस्थापक समूहको सेयर क्रमश १६३० तथा १६४ रुपैयाँमा अन्तिम पटक नेप्सेमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।