नबिल बैंकले प्रस्ताव गर्यो लाभांस, चुक्ता पूँजी आठ अर्ब नाघ्यो

Aug 27, 2017 Merolagani

नबिल बैंक (NABIL) ले गत आर्थिक वर्षको कमाईबाट बितरण गर्ने लाभांस प्रस्ताव गरेको छ । बैंकले यस अघि गरेको घोषणा अनुसार ३० प्रतिशत बोनस प्रस्ताव गरेको हो । बैंकले कर प्रयोजनका लागि नगद लाभांस पनि प्रस्ताव गरेको छ ।

थोरै रकमले कर तिर्न पुग्ने भए पनि बैंकले १८ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो । बैंकले बोनस र नगद गरी जम्मा ४८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको अगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्रस्तावित लाभांस पाउने छन् ।

गत आर्थिक वर्षमा तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको चुक्ता पूँजी छ अर्ब १८ करोड ५५ लाख सात हजार रुपैंया रहेको छ , प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड ११ लाख ५९ हजार रुपैंया पुग्नेछ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।