सेयरबजारमा निरन्तर गिरावटको मुख्य कारण हकप्रदमा उचालिँदाको परिणाम

Sep 13, 2017 merolagani

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको चुक्तापूँजी बढाउने योजना ल्याएपछि अधिकांस बैंक तथा वित्तीय संस्थाहरुले हकप्रदकै बाटो रोजे । सूचीकृत कम्पनीहरुले गएको बर्ष चार सय प्रतिशतसम्म हकप्रद सेयर बिक्रीमा ल्याए । कतिपय कम्पनीले हकप्रद माथि हकप्रद बिक्री गरे । जसको असर अहिले सेयरबजारमा देखिएको छ ।

उदाहरणका लागि,  कृषि विकास बैंकले चुक्तापूँजी बढाउन ५० प्रतिशत हकप्रदको जारी गर्ने घोषणा गर्यो हकप्रदमै उचालिएर बैंकको सेयरमूल्य १०६० रुपैयाँसम्म पुग्यो ।

जतिबेला बैंकको मुल्य आकासीएको थियो त्यत्तीबेला सेयर किन्ने लगानीकर्ताहरु बैंकले दिएको २० प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद भर्दा आजको दिनमा आईपुग्दा समेत घाटामा छन् । अहिले कृषि विकास बैंकको बजारमूल्य ४२० रुपैयाँको हाराहारीमा छ । 

यो एउटा उदारण मात्र हो । गएको बर्ष ठूलो मात्रामा हकप्रद निष्काशन गर्ने अधिकासं बैंक तथा वित्तीय संस्थाको अवस्था यस्तै छ । गएको बर्ष जतिपनि लगानीकर्ताले हकप्रदको लोभमा बजारमूल्य उचालिएका बेला सेयर किने ती सबै घाटामा छन । जसले बजारमूल्य उचालिएको समयमा बिक्री गरे तिनीहरुले नाफा सुरक्षित गरे होलान् । तर अधिकांस कम्पनीहरुको सेयर भाउ उचालिएकाले कुनै न कुनै कम्पनीको हकप्रदमा लगानीकर्ता लोभिदा उनीहरु अहिले घाटामा रहेका छन ।

सेयरबजारमा हकप्रदको बाढी आउँदा सेयरलगानीकर्ताले थप लगानी गरेको गर्यै गर्दा आज उनीहरुसँग रकम अभाव हुँदा घाटा सहेरै सेयर बेच्न बाध्य हुनुपरेको छ । बजारमा यस्ता हजारौ लगानीकर्ता छन अहिले चाडवाडका लागि रकम जोहो गर्न घाटा सहेरै सेयर बेच्न बाध्य भएका छन ।

धादिङका नविन तामाङले लक्ष्मी बैंकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भनेपछि लक्ष्मी बैंकको १०० कित्ता सेयर ८५० रुपैयाँको हाराहारीमा किने । उनले बैंकको हकप्रद पनि भरे र बैंकले दिएकोे १८.२९ प्रतिशत बोनस पनि लिए । अहिले बैंकको सेयरमूल्य झरेर ३२० रुपैयाँको हाराहारीमा पुगेको छ । उनले किनेको सय कित्ता सेयर बढेर २३६ कित्ता पुगिसकेको छ । तर उनी अझै पनि घाटामा छन् । बैंकले गत आर्थिकबर्षको बोनस दिदा समेत उनी घाटामै रहने देखिन्छ । यद्यपी लक्ष्मी बैंकले बोनस घोषणा गर्न बाँकी छ । यो अर्को उदाहरण हो ।

मेरो लगानीले जब जब हकप्रद सेयर निष्कासन गर्ने सूचनाहरु सार्वजनिक हुन्थ्थे तब तब हेडलाईनमै हकप्रदमा नउचालिनुस् भनेर खबर सम्प्रेषण गर्दे आएको थियो । तर लगानीकर्ताहरु हकप्रदमा उचालिन छाडेनन् । जसको मार अहिले आएर खेप्न बाध्य हुनुपरेको छ । कतिपय नयाँ लगानीकर्ताहरुले हकप्रदलाई बोनस जस्तै ठाने, कतिपयले आईपिओ नै सम्झे । हकप्रद थप लगानी हो भन्ने कुरा नबुझ्दा समेत नयाँ र सोझा लगानीकर्ताहरु बजारमा फसेका छन् ।

अहिले मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा छ । राष्ट्र बैंकमा अधिक तरलता छ । राष्ट्र बैंकका अनुसार ७१ अर्ब रुपैयाँ थन्किएको छ । बैंकहरुले धमाधम सेयर कर्जामा लगानी विस्तार गर्दैछन् । लाभांश घोषणा र साधारणसभा गर्ने क्रम बढेको छ । तर बजार निरन्तर घटेको छ । यसको एउटै कारण हो विगतमा बिक्री भएका हकप्रद, एफपिओ जसले बजारमा आपूर्ति ह्वात्तै बढाए । सेयरको माग घट्यो अनि मूल्य घट्यो ।

स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मी भन्छन्, ’बजार घट्ने अन्य कुनै कारण छैन। सेयरको अधिक आपूर्ति नै बजार घट्नुको प्रमुख कारण हो । बजारमा आपर्ति बढाउने हकप्रद नै हो ।

कम्पनीलेहरुले गत आर्थिक बर्षमा पूँजी बढाउने चटारोमा निष्काशन गरेको हकप्रद, एफपिओ र वितरण गरेको बोनस प्राय कम्पनीहरुको सूचिकृत भईसकेको छ । जसले गर्दा बजारमा आपूर्ति बढ्यो र भाऊ घट्न गयो । अर्को कुरा नजिकदो चाडपर्वमा आवश्यक रकम जोहो गर्नका लागि सेयर बिक्रीमा चाप परेकाले बजार निरन्तर ओरालो लागेको छ । यो स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मीको भनाई हो ।

सेयरबजारका विज्ञ, स्टक ब्रोकर तथा ठूला साना लगानीकर्ताको एउटै भनाई छ । सेयर आपूर्ति बढ्यो माग घट्यो अनि बजार घट्यो । सेयरको आपूर्ति बढ्नुको कारण हकप्रद नै हो ।

सिद्धार्थ क्यापिटलका सिईओ धुव्र तिमल्सिनाका अनुसार लगानीकर्ताले सम्भावित लाभांशको आकँलन गरेर लाभांश घोषणा पूर्व नै बढेकै मूल्यमा सेयर खरिद गरिसकेकाले अहिले लाभांश घोषणा भएपछि सेयरमूल्य नबढेको हो । कम्पनीहरुले विगतमा प्रस्तुत गरेका पूँजी योजनामै लाभांशको बिषय उल्लेख गरेको हुँदा अहिले लाभांश घोषणाले बजारमा उत्साह नजागेको हुनसक्छ ।

लगानीकर्ता छोटेलाल रौनियार भन्छन्, ’लगानीकर्तामा आगामी बर्षबाट अनिवार्य गरिने प्यानका बिषयमा अन्योलता रहेको देखिन्छ, बैंकहरुले ब्याजदर घटाउने हल्ला गरेपनि ब्याजदर घटेको छैन। हकप्रद, एफपिओ तथा आइपिओ आउने क्रम जारी रहेको र विगतको हकप्रद बोनस सूचिकृत भएकाले आपूर्ति बढ्दा बजार घटेको हो । ’

आर्यतारा सेक्युरिटजका महाप्रबन्धक गुणनिधि भुषालका अनुसार ’नियमनकारी निकायले नियमित रुपमा गर्ने अनुगमन र निरीक्षणका कामहरुको पनि मिडियाबाजी गर्ने गरेकाले लगानीकर्तामा त्रास पैदा हुँदा उनीहरु बजारमा आउनै कम हुन थालेको छ । अर्काेतर्फ , हकप्रद, बोनसले सेयरको आपूर्ति बढेकाले बिक्रीको चाप परेको देखिन्छ भने यहि समयमा केही कम्पनीहरुले हकप्रद र एफपिओ जारी गरेका छन्। त्यतातर्फ पनि लगानीकर्ताको रकम गएको छ । साथै नजिकदो चाडपर्वले पनि सेयर बिक्रीको चाप पर्दा बजार घट्न पुगेको हो । ’

अहिले पनि विभिन्न कम्पनीहरु हकप्रद सेयर जारी गर्ने क्रममा रहेका छन् । यी सब उदारणहरुले जुनसुकै कम्पनीले हकप्रद जारी गरेको भएपनि त्यसमा उचालिएर लगानी गर्नु जोखिमयुक्त हुनेछ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।