४५ वर्षपछि बन्यो पूर्वको तराई–पहाड जोड्ने ५२ किलोमिटर द्रुतमार्ग, स्थानीयवासी हर्षित

Oct 12, 2017 rss



 पूर्वी नेपालको समृद्धिसँग जोडिएको मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रविसम्म जोड्ने सडकखण्डमा गाडी सञ्चालन हुन थालेको छ ।

बुधबार उर्लाबारीबाट को १ च ५४५७ नंको एम्बुलेन्स बिरामी बोकेर सो सडकखण्ड भएर इलामको चुलाचुली गाउँपालिका–६ स्थित फुङ्नाम पुगेको हो । चालक सोही ठाउँका २२ वर्षीय नवीन श्रेष्ठले पहिलोपटक गाउँमा गाडी पु¥याएका हुन् ।

 

सो गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासीसँगै जनप्रतिनिधिले चालकलाई भव्यरुपमा पैसा र फूलको माला लगाएर स्वागत एवं सम्मान गरेका थिए । प्रतापसिंह लामा स्मृति प्रतिष्ठान, मधुमल्लाद्वारा सञ्चालित एम्बुलेन्स लिएर चालक श्रेष्ठ गाउँ पुगेका थिए । आफूहरुको गाउँमा पहिलोपटक गाडी आइपुग्दा स्थानीयवासी निकै हर्षित भएको चुलाचुली गाउँपालिका–६ का वडा सदस्य प्रकाशचन्द्र श्रेष्ठले बताए ।

श्रेष्ठले भने, “गाउँमा सडक नहुँदा यहाँका बिरामीलाई डोकोमा बोकेर तराईका अस्पतालसम्म पु¥याउनुपर्ने बाध्यता थियो तर अब गाउँमै गाडी आउन थालेपछि नयाँ जीवन नै शुरु भएजस्तो अनुभव भएको छ ।” सडक निर्माणकार्य पूर्णरुपमा सम्पन्न नभएपनि गाडी सञ्चालन गर्ने अवस्था भने रहेको सडक निर्माण दबाब समितिका संयोजक एवं स्थानीय समाजसेवी मानबहादुर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सो सडकखण्डको सिस्ने र तिनचुले भन्ने स्थानको सडक घुम्ती अझै मर्मत गर्नुपर्ने अवस्था रहेको छ । गाउँमा गाडी पुगेपछि अब गाउँमा उत्पादित कृषिजन्य सामग्री तराईका बजारसम्म आउने भएपछि स्थानीयवासी हर्षित भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक श्रेष्ठले बताए ।

विसं २०२८ मा तत्कालीन शिक्षामन्त्री नगेन्द्र प्रधानले सो सडक निर्माणको शीलान्यास गरेका थिए । उर्लाबारीबाट पाँचथरको रविसम्मको यो सडक जम्मा ५२ किलोमिटर मात्र रहेको छ ।

उर्लाबारी–मधुमल्ला–रवि सडकखण्ड तराईलाई पूर्वी पहाडसँग जोड्ने सबैभन्दा छोटो द्रुत मार्ग बन्न पुगेको छ । अनेकौँ विवाद र लामो समयपछि सो सडकखण्डमा यातायातका साधन सञ्चालन हुन थालेपछि पहाडी जिल्ला इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका बासिन्दालाई तराई झर्न सहज भएको छ ।

यो सडकखण्डमा गत जेठदेखि नै मोटरसाइकल सञ्चालन हुन थालेपनि गाडी भने बुधबार मात्र पहिलोपटक सञ्चालन भएको हो । तराईबाट एउटा पनि पुल निर्माण नगरी सहजै पहाडी जिल्लाको यात्रा गर्ने एकमात्र मार्ग भएकाले पूर्वी नेपालको समृद्धिका लागि निकै सहयोग पु¥याउने मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।

नेपाल सरकारको आर्थिक सहयोगमा निर्मित सो सडकखण्ड पाँचथर र इलामको सिमाना राँके हुँदै मेची राजमार्गसँग पनि जोडिनेछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।